2026-09-18 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको त्रियानब्बे प्रतिशत घरधुरीमा खानेपानी सुविधा

असोज ३०, बाबियाचौर (म्याग्दी) | त्रियानब्बे प्रतिशतभन्दा बढी घरधुरीमा आधारभूत खानेपानी सुविधाको पहुँच पुगेको छ । 

आधारभूत खानेपानी र सरसफाइमा पहुँच बढेसँगै दूषित पानी र फोहोरका कारण लाग्ने स्वास्थ्य समस्या कम भएको बताइएको छ । चौबिस हजार पाँच सय ९९ घरधुरीको बसोवास रहेको म्याग्दीका २२ हजार ९३५ घरधुरीमा खानेपानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ । 

आव २०७१/७२ सम्म ९१.४४ प्रतिशत घरधुरीमा व्यवस्थित खानेपानी सुविधा रहेकामा २०७२/७३ मा निर्माण भएका आयोजनाबाट करिब तीन प्रतिशत विस्तार भएको सबडिभिजन प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो । 

मुहान सफा र व्यवस्थित भएको र मुहानबाट प्रशोधन गरी धाराबाट वितरण गरिने खानेपानीमा सर्वसाधारणको सहज पहुँच भएको अवस्थालाई आधारभूत खानेपानी सुविधा भएको मानिन्छ । जिल्लामा हालसम्म ५७० व् खानेपानी योजना निर्माण भएका छन् । 

बेनी, गलेश्वर, बाबियाचौर र राम्चेका दुई हजार चार सय ९० घरधुरीमा निजी धारा जडान भएको छ । आगामी पाँच वर्षसम्म शतप्रतिशत घरधुरीमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखिएको इन्जिनियर केसीले बताउनुभयो । 

उपभोक्ताको सुविधा र दिगो व्यवस्थापनका लागि एक घर एक धाराको अवधारणा अघि सारिएको हो । मुहानको संरक्षण तथा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी प्रशोधन गरेपछि सार्वजनिक अथवा व्यक्तिगत धाराको खानेपानी उपभोग गर्नेलाई सुरक्षित मानिन्छ । खुला मुहान, कुवा, खोल्साको पानीलाई प्रशोधन नगरी सिधै उपयोग गर्नुलाई असुरक्षित मानिन्छ । 

असुरक्षित पानीको उपभोग गर्ने घर सङ्ख्या जिल्लामा दुई हजारको हाराहारीमा छ । खानेपानी र सरसफाइमा पहुँच वृद्धि गरी दूषित पानी तथा फोहोरजन्य रोग न्यूनीकरण गर्न जोड दिइएको इन्जिनियर पौडेलले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई