२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ईपीएसबारे उच्च अदालतको आदेश कोरियाले मान्छ ? आएन इमेलको जवाफ

२०८०, १५ पुष आईतवार ११:००

पुस १५, काठमाडौँ | सीप बिल्डिङको भाषा परीक्षामा सहभागी भएका १८ जनालाई म्यानिफ्याक्चरका लागि पनि फर्म भर्न दिन उच्च अदालत पाटनको आदेशलाई कोरियाले रेस्पोन्स नगरेको पाइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको ईपीएस शाखाले दक्षिण कोरियालाई केही दिनअघि इमेल पठाए पनि उताबाट कुनै जवाफ आएको छैन ।

गत पुस ५ गते उच्च अदालतले १८ जनालाई फर्म भर्ने अनुमति दिन आदेश गरेको थियो । त्यसलगत्तै ईपीएस शाखाले दक्षिण कोरियाको ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) लाई आदेशबारे जानकारी गराएको स्रोतले बतायो । तर, अहिलेसम्म जवाफ नआएको स्रोतको भनाइ छ ।

त्यसअघि ‘एचआरडी कोरियाको शर्त’ भन्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखाले सन् २०२३ मा अन्य सेक्टरमा आवेदन दिएकाले हालै म्यानिफक्याचर सेक्टरका लागि खुलाएको भाषा परीक्षाका लागि आवेदन दिन नपाउने जनाएको थियो । त्यसपछि गत असारमा सीप बिल्डिङका लागि भाषा परीक्षाका लागि आवेदन दिएर अनुत्तिर्ण भएकामध्ये १८ जनाले म्यानिफ्याक्चरका लागि आवेदन दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिए । अदालतले रिट निवेदकलाई आवेदन भर्न दिनु भन्ने आदेश गरेपछि सबैले पाउनुपर्ने भन्दै आन्दोलन चर्किएको हो ।

सीप बिल्डिङको भाषा परीक्षामा अनुत्तिर्णहरुले म्यानिफ्याक्चरको भाषा परिक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै गरेको आन्दोलनमा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो । त्यसै दिन उच्च अदालत पाटनले अर्को आदेश गर्दै म्यानिफ्याक्चरको भाषा परिक्षामा सबैलाई सहभागी गराउन भनेको छ । तर, नेपालको अदालतले ‘ब्याक टु ब्याक’ गरेको आदेश कोरियाले स्वीकार्छ भन्ने आधार अहिलेसम्म देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी