१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

Doko App ले फोटोग्राफी प्रतियोगिता आयोजना गर्दै, पुरस्कार राशी दुई लाख पच्चिस हजार

१७ पुष २०८०, मंगलवार ०२:४१

पुस १७, काठमाडौँ । डोको एपले  'Capture your World' विषयवस्तुमा  फोटोग्राफी प्रतियोगिता सुरु गरेको छ । नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशीको मोबाईल फोटोग्राफी प्रतियोगिता दाबी गर्दै डोको एपले फोटोमा आफ्नो खुशी र भविष्य देख्ने सम्पूर्णलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ ।  


यो प्रतियोगिता २०२३ सालको अंग्रेजी नयाँ वर्षबाट शुरू भएको र नेपाली नयाँ वर्षसम्म चल्ने छ । प्रतिस्पर्धामा सहभागी हुन चाहने फोटोग्राफरहरूले आफ्नो उत्कृष्ट र कलात्मक पहिचानले भरिएका फोटोहरू डोको एपमा रहेको फोटोग्राफी सेक्सनमा गई अपलोड गर्न सक्नेछन् ।  तीन महिना पन्ध्र दिन चल्ने यो प्रतियोगितामा फोटोग्राफीको विविधतालाई ध्यानमा राखी पोट्रेट फोटोग्राफी (Portrait Photography), स्ट्रीट एण्ड अर्बान एक्स्प्लोरेसन फोटोग्राफी (Street and Urban Exploration Photography), फेस्टिभल एण्ड कल्चरल फोटोग्राफी (Festival and Cultural Photography), नेचर एण्ड वाईल्ड लाईफ फोटोग्राफी (Nature and Wildlife Photography), म्याक्रो फोटोग्राफी  (Macro Photography), नाईट एण्ड एस्ट्रो फोटोग्राफी  (Night and Astrophotography), ट्राभल एण्ड एडभेन्चर फोटोग्राफी  (Travel and Adventure Photography), ब्ल्याक एण्ड व्हाईट फोटोग्राफी (Black and White Photography), फेसन एण्ड ग्ल्यामर फोटोग्राफी (Fashion and Glamour Photography) र फुड फोटोग्राफी  (Food Photography) गरि १० विधाका तस्विर मान्य हुनेछन् । 


कुल पुरस्कार राशी दुई लाख पच्चिस हजार रुपैँया रहेको यो प्रतियोगितामा विजयी बन्ने फोटोग्राफरले पहिलो पुरस्कारमा एक लाख रुपैयाँ, दोस्रो पुरस्कारमा पचास हजार रुपैयाँ, र तेश्रो प्रतियोगीले पच्चिस  हजार रुपैयाँ पुरस्कार जित्नेछन् । यसैगरी  प्रत्येक श्रेणीको विजेताले थप पाँच-पाँच हजार रुपैयाँ  पनि जित्नेछन् ।  एकजनाले प्रत्येक क्याटेगोरीमा तीन -तीन वटा गरेर बढीमा ३० वटा सम्म फोटो पठाउन सक्नेछन् ।  विजेताको छनोट डोको एपमा अपलोड भएको फोटोमा आउने लाईकलाई पचास प्रतिशत र जजको मुल्याङ्कनलाई पचास प्रतिशत मानेर गरिनेछ । विजेताको घोषणा वैशाख १५ गते डोकोका सबै प्ल्याटफर्मबाट लाईभ मार्फत हुने जनाएको छ ।   

डोकोले यस प्रतियोगिता मार्फत नेपाली फोटोग्राफीमा रुची भएका युवाहरुको लागी आफ्नो कला देखाउने  साथ साथै पैसा कमाउने अवसर पनि लिएर आएको जनाएको छ ।


यो प्रतियोगिताको बारेमा  बिस्तृत जानकारी लिन यो भिडियो पनि हेर्न सक्नुहुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार