२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सीको सन्न्यासपछि अर्जेन्टिनामा १० नम्बर जर्सीलाई पनि आराम !

२०८०, १७ पुष मंगलवार ०७:३३

एजेन्सी | अर्जेन्टिना फुटबल महासंघले आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको सन्न्यास लगत्तै उनले प्रयोग गर्ने १० नम्बर जर्सीलाई पनि बिदाइ गर्ने भएको छ । अर्थात्, मेस्सीको सन्न्यासपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्न पाउने छैनन् ।

समकालीन विश्व फुटबलका महान् खेलाडी मेस्सीको सम्मानमा यस्तो निर्णय लिइएको अर्जेन्टिना फुटबल महासंघले जनाएको छ । अर्जेन्टिनी फुटबलमा मेस्सीभन्दा अगाडि महान् खेलाडी डिएगो म्याराडोनाले १० नम्बरको जर्सी प्रयोग गर्थे ।


‘मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिएसँगै उनले प्रयोग गर्ने १० नम्बरको जर्सीलाई पनि बिदाइ गरिने छ । त्यसपछि राष्ट्रिय टोलीबाट खेल्ने कुनै पनि खेलाडीले १० नम्बरको जर्सी प्रयोग गर्ने छैनन्,’ अर्जेन्टिना फुटबल महासंघका अध्यक्ष क्लाउडियो तापियाले भनेका छन्, ‘मेस्सीको सन्न्याससँगै १० नम्बर जर्सीले पनि आराम पाउने छ ।’

मेस्सीको कप्तानमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । उनले अर्जेन्टिनालाई सन् २०२१ मा कोपा अमेरिकाको उपाधि पनि चुमाएका थिए । ३६ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म एक सय ८० खेल खेल्दै एक सय ६ गोल गरिसकेका छन् ।

अहिले पनि मेस्सी लयमा छन् । उनले सन् २०२६ को विश्वकपअघि सक्रिय खेल जीवनबाट सन्न्यास लिने सम्भावना देखिँदैन । यसबिचमा उनले सन् २०२४ को कोपा अमेरिका पनि खेल्नेछन् । त्यसैले उनले देशलाई थप उपाधि जिताउने सम्भावना छ । मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी