२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी

२०८०, २० पुष शुक्रबार ०६:०५

पुस २०, काठमाडौं | साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।


आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्तिले ‘तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा गएकोमा भेट हुन नसकेको कारणले बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएको छ, तपाईंले त्यसको जवाफ नपठाएकाले साउदीको कानुनअनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुहोला’ भन्दै कुरा सुरु गर्ने गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै त्यस्ता व्यक्तिले अकामा नम्बर माग्ने, एसएसएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएजस्तो बनाई फोनमा ओटीपी पठाउने, सो ओटीपी माग्ने, सबै विवरण भर्नुपर्ने भनी आब्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर पनि मागेर ठगी गर्ने गरेको भन्दै सचेत रहन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

त्यस्तै, ओटीपीसमेत मागी विवरण अद्यावधिक गर्ने नाममा बैंकमा भएको रकम लैजाने र आब्सर हात पारी अनेकखालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संगठित अपराध र ठगीका घटना बढेको दूतावासले जनाएको छ ।

यस सम्बन्धमा साउदीको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको जनाउँदै दूतावासले बेलाबेलामा एसएसएसमार्फत् सूचना जारी गरी सचेत गराइरहेको जनाएको छ । दूतावासले कुनै अनधिकृत व्यक्तिले फोनबाट वा अरू कुनै माध्यमबाट अकामा, आब्सर वा बैंक खाता–कार्ड नम्बर ओटीपी मागेमा कुनै पनि हालतमा नदिई ठगीबाट बच्न अनुरोध गरेको छ । यस्ता घटना भएमा साउदी प्रहरीकामा गएर उजुरी गर्न पनि दूतावासले अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी