१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुण्डी र ठगीका ‘नाइके’ सफलराज कुँवर सिंगापुरबाट आउँदा आउँदै पक्राउ

२२ पुष २०८०, आईतवार ०९:४२

पुस २२, काठमाडौँ | हुण्डी र ठगीका नाइके भनेर चिनिएका सफलराज कुँवर पक्राउ परेका छन्। सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका कुँवरलाई पक्राउ गरिएको हो। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार कुँवर शनिबार राति विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई प्रहरीले अध्यागमनको डेस्क नजिकैबाट पक्राउ गरेको हो। 

सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी काठमाडौं आएका थिए। शनिबार राति ९:४५ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन्। 

पक्राउ परेका कुँवरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। त्यसपछि मात्रै कँवरलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।

उनले मकाउ लैजाने भनेर सयौं युवाहरुबाट करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका छ। ठगीसँगै उनी हुण्डी कारोबारी समेत भएको सीआईबीले जनाएको छ। 

५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहे पनि कुँवर नेपाल नै नरहेकाले पक्राउ पर्नबाट बच्दै आएका थिए।

कुवँरसहितको समूहले मकाउमा बसेर हुण्डीको कारोबार गर्ने गरेको अनुसन्धानबाट देखिएको थियो। कुवँरसँगै मकाउमा खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी मिलेर हुण्डीको कारोबारमार्फत पैसा विदेश लैजाने गरेको अनुसन्धानले देखाएको थियो। यो गिरोहका केही व्यक्ति यसअघि नै पक्राउ पर्दा हुण्डीलगायत विदेश पठाउने भनेर विभिन्न व्यक्तिबाट उठाएको रकमको विवरण भएको कापी (डायरी) समेत बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ