२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको बरहथवामा सोमबार शोक बिदा

२०८०, २३ पुष सोमबार ०८:४९

पुस २३, काठमाडौँ | प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा-६ का युवा जयशंकर साहप्रति श्रद्दाञ्जलि व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले सोमबार शोक बिदा दिएको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको उल्लेख छ । सार्वजनिक सूचनामा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदनासहित मृतक साहको चिरशान्तीको कामना समेत गरिएको छ ।

बरहथवा नगर अस्पताल स्तरोन्नति विवादका क्रममा भएको विरोध प्रदर्शन अन्तर्गत गत शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो । आन्दोलनकारी नेतृत्व, पीडित परिवारसहित सरोकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहको शव आइतबार राति मात्र घटनास्थलबाट उठाएर पोष्टमार्टम गरेपछि परिवारले बुझेका थिए । मृतक साहको शव नगर परिक्रमा गरि अन्त्येष्टिका लागि वाग्मति खोलामा लगिएको छ । बरहथवाको अवस्था आज चौथो दिन समान्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी