१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउँदै दक्षिण कोरिया

२४ पुष २०८०, मंगलवार ०६:२०

एजेन्सी | दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस विषयमा मतदान हुने अपेक्षा गरिएको छ । 

पशु कल्याणको लागि काम गरिरहेका संस्थाले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाइरहेका थिए । 


यसमा ठूलो  संख्यामा समर्थन जुट्दै गएको पाइएपछि दक्षिण कोरियाका राजनीतिक दलहरू र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् । दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएका  कुकुरको मांशाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ । तर, पछिल्लो समय  विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न आज संसदमा मतदान हुँदैछ । 

गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरू कुकुरको मासु भोजन गर्छन् । 

कस्तो छ कानुनी प्रावधान ?

दक्षिण कोरियाको राष्ट्रिय सभाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने विशेष विधेयक पारित गरेपछि त्यो व्यवसायमाथि कानुनी प्रतिबन्ध लाग्नेछ ।

सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) र प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) ले पशु अधिकारको बढ्दो चेतना र बढ्दो संख्याको बीचमा मासु बेचबिखनको उद्देश्यले गरिने कुकुरको प्रजनन, काटमार र बिक्री वितरण प्रतिबन्ध लगाउने विशेष विधेयकको लागि संयुक्तरूपमा अभियान चलाएका थिए।

यो ऐन पास भएपछि लामो समयदेखि कुकुरको मासुको व्यवसाय गर्दै आएका व्यवसायीको रोजगारी संकटमा पर्ने भएकाले उनीहरूलाई अल्पकालका लागि अनुदान दिन ती पार्टीले सरकारसँग माग पनि गरेका छन् । 

यो कानुन पास भएपछि पनि तीन वर्षपछि २०२७ मा मात्र कार्यान्वयनमा आउने बताइएको छ । त्यसपछि यसलाई उल्लङ्घन गर्नेहरूलाई अधिकतम दुई वर्षको जेल सजाय वा ३ करोड कोरियन वान अर्थात् २२ हजार ७६८ अमेरिकी डलरसम्मको जरिवाना हुन सक्छ ।

सरकारी तथ्यांकअनुसार कोरियामा कुकुरको मासुबाट बनेको खाना बिक्री गर्ने करिब १ हजार १ सय ५० कुकुर फार्म, ३४ वटा बुचरिङ व्यवसाय, २ सय १९ वितरक र १ हजार ६ सय रेष्टुरेण्ट सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ