२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउँदै दक्षिण कोरिया

२०८०, २४ पुष मंगलवार ०६:२०

एजेन्सी | दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस विषयमा मतदान हुने अपेक्षा गरिएको छ । 

पशु कल्याणको लागि काम गरिरहेका संस्थाले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाइरहेका थिए । 


यसमा ठूलो  संख्यामा समर्थन जुट्दै गएको पाइएपछि दक्षिण कोरियाका राजनीतिक दलहरू र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् । दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएका  कुकुरको मांशाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ । तर, पछिल्लो समय  विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न आज संसदमा मतदान हुँदैछ । 

गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरू कुकुरको मासु भोजन गर्छन् । 

कस्तो छ कानुनी प्रावधान ?

दक्षिण कोरियाको राष्ट्रिय सभाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने विशेष विधेयक पारित गरेपछि त्यो व्यवसायमाथि कानुनी प्रतिबन्ध लाग्नेछ ।

सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) र प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) ले पशु अधिकारको बढ्दो चेतना र बढ्दो संख्याको बीचमा मासु बेचबिखनको उद्देश्यले गरिने कुकुरको प्रजनन, काटमार र बिक्री वितरण प्रतिबन्ध लगाउने विशेष विधेयकको लागि संयुक्तरूपमा अभियान चलाएका थिए।

यो ऐन पास भएपछि लामो समयदेखि कुकुरको मासुको व्यवसाय गर्दै आएका व्यवसायीको रोजगारी संकटमा पर्ने भएकाले उनीहरूलाई अल्पकालका लागि अनुदान दिन ती पार्टीले सरकारसँग माग पनि गरेका छन् । 

यो कानुन पास भएपछि पनि तीन वर्षपछि २०२७ मा मात्र कार्यान्वयनमा आउने बताइएको छ । त्यसपछि यसलाई उल्लङ्घन गर्नेहरूलाई अधिकतम दुई वर्षको जेल सजाय वा ३ करोड कोरियन वान अर्थात् २२ हजार ७६८ अमेरिकी डलरसम्मको जरिवाना हुन सक्छ ।

सरकारी तथ्यांकअनुसार कोरियामा कुकुरको मासुबाट बनेको खाना बिक्री गर्ने करिब १ हजार १ सय ५० कुकुर फार्म, ३४ वटा बुचरिङ व्यवसाय, २ सय १९ वितरक र १ हजार ६ सय रेष्टुरेण्ट सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी