१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रन लिने क्रममा पिचमा नै ब्याट्सम्यानको मृत्यु

२५ पुष २०८०, बुधबार ०८:२२

पुस २५, नोएडा । भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो । 

मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । 


उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।

यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए ।  उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो।

हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो । 

उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

दुई टोलीबीचको खेल एसएण्डबी इन्डिया वार्षिक क्रिकेट प्रतियोगितामा भइरहेको थियो । घटनापछि प्रतियोगिता रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो