२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘एबीसीडी नचिन्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए’

२०८०, २६ पुष बिहीबार ११:३८

पुस २६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको बताएका छन् । संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले एबीसीडी नजान्दा साउदीमा नेपाली श्रमिकहरूले कुटाई खाएको बताएका हुन् ।


शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताउँदै उनले भने, ‘केही समय अगाडि साउदीमा एबीसीडी नचिन्दा नेपाली कामदारले कुटाई खाए । पछि बुझ्दा गोदाममा काम गर्ने क्रममा अङ्ग्रेजीमा एबीसीडी लेखेको ठाउँमा त्यही आधारमा सामान राख्न नसकेपछि कुटाइ खाएका रहेछन् ।’ 

त्यसैले सामान्य अङ्ग्रेजी सिक्न आवश्यक रहेको उनको भनाई छ । समितिका सदस्यहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई अङ्ग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा सचिव भण्डारीले शिक्षाको अभावमा नेपाली श्रमिकहरूले दुःख पाउने अवस्था आएपछि यस्तो गर्न लागिएको बताए । 

अङ्ग्रेजी भाषाका लागि कम्तीमा ७५ अमेरिकी डलर खर्च तिर्नुपर्ने भन्ने मन्त्रालयको प्रस्ताव छ ।  जापानीज भाषा, कोरियन भाषा, चाइनिज भाषा पढ्दा लाग्ने लागत त कामदारले नै तिर्दै आएको भन्दै श्रमिकको सहजताकै लागी अङ्ग्रेजी भाषा अनिवार्य गराउँदा प्रश्न उठिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी