१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘एबीसीडी नचिन्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए’

२६ पुष २०८०, बिहीबार ११:३८

पुस २६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको बताएका छन् । संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले एबीसीडी नजान्दा साउदीमा नेपाली श्रमिकहरूले कुटाई खाएको बताएका हुन् ।


शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताउँदै उनले भने, ‘केही समय अगाडि साउदीमा एबीसीडी नचिन्दा नेपाली कामदारले कुटाई खाए । पछि बुझ्दा गोदाममा काम गर्ने क्रममा अङ्ग्रेजीमा एबीसीडी लेखेको ठाउँमा त्यही आधारमा सामान राख्न नसकेपछि कुटाइ खाएका रहेछन् ।’ 

त्यसैले सामान्य अङ्ग्रेजी सिक्न आवश्यक रहेको उनको भनाई छ । समितिका सदस्यहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई अङ्ग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा सचिव भण्डारीले शिक्षाको अभावमा नेपाली श्रमिकहरूले दुःख पाउने अवस्था आएपछि यस्तो गर्न लागिएको बताए । 

अङ्ग्रेजी भाषाका लागि कम्तीमा ७५ अमेरिकी डलर खर्च तिर्नुपर्ने भन्ने मन्त्रालयको प्रस्ताव छ ।  जापानीज भाषा, कोरियन भाषा, चाइनिज भाषा पढ्दा लाग्ने लागत त कामदारले नै तिर्दै आएको भन्दै श्रमिकको सहजताकै लागी अङ्ग्रेजी भाषा अनिवार्य गराउँदा प्रश्न उठिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो