२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजेन्द्र लिङदेनले भने- एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने तयार छौं

२०८०, २७ पुष शुक्रबार ११:२१

पुस २७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रियसभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्वीकार्ने उनको भनाइ छ ।


पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रियसभामा हाम्रो मत सुरक्षित गर्ने हिसाबले उम्मेदवारी दिएका छौं। अहिलेसम्म कुनै दलसँग छलफल गरेका छैनौं । चुनावको अन्तिम क्षणसँग कुनै दलसँग समझदारी बन्यो, राप्रपा पनि राष्ट्रियसभामा आउनुपर्छ भनेर एक ठाउँमा वक्तव्य दिएर छाड्दियो भने हामीले दुःख मान्नुपर्ने अवस्था छैन । कोशीमा एमालेले हिजो हामीले पनि सहकार्य गरेकै हो, आखिर हामी पनि एक्लै जित्दैनौं, विपक्षी गठबन्धनको एक सीट घटाउन सकिन्छ ट्राइ गरौं भन्नुभयो भने हाम्रो खुशीको कुरा हो ।’

राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । त्यहाँ गठबन्धनबाट कांग्रेसका कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारी चुनावी मैदानमा छन् ।

तर, अंक स्पष्ट भएकाले अहिलेसम्म कुनै दलसँग पनि आफूहरुले औपचारिक छलफल नगरेको अध्यक्ष लिङदेनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी