२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहरी विकासमन्त्रीको जोड

२०८०, २८ पुष शनिबार ०८:४९

पुस २८, काठमाडौँ | सहरी विकासमन्त्री सीता गुरुङले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताएकी छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस तथा प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा मन्त्री गुरुङले भूकम्प पश्चात्का पुनः निर्माणका साथै भौतिक संरचना निर्माण गर्दा भूकम्पीय जोखिम कम हुने किसिमले बनाउनुपर्नेमा जोड दिइन्। उनले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सम्पूर्ण इन्जिनियरका साथै प्राविधिक क्षेत्रका जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताइन् । 

मन्त्री गुरुङले प्राविधिक क्षेत्रका कानुन तथा मापदण्डको कार्यान्वयन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गरी दिगो विकासलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। 

मन्त्री गुरुङले डिनलाई संस्थागत गराउने सम्बन्धमा आएका मागलाई मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इन्जिनियरिङ क्षेत्रको विविधता, डिन तथा प्राविधिक क्षेत्रको एकीकृत संरचना आजको आवश्यकता रहेको मन्त्री गुरुङले जिकिर गरिन्। 

छब्बिसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटनका अवसरमा खानेपानी मन्त्रालयका सचिव इन्जिनियर सुरेश  आचार्यले भौतिक पूर्वाधारको गुणस्तरीयतामा वृद्धि गरेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने बताए। उनले संघीयता कार्यान्वयनको अनुभूति दिलाउन स्थानीय तहमा प्राविधिकको सहभागिता आवश्यक रहेकामा जोड दिइन्। 

सचिव आचार्यले प्रशासनिक क्षेत्रका कर्मचारीको सीप अभिवृद्धिका लागि नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जस्तै इन्जिनियरिङ क्षेत्रमा सिफारिस भएका कर्मचारीको सीप विकासका लागि इन्जिनियरिङ प्रशिक्षण आवश्यक रहेको बताए।

डिनका सल्लाहकार डा राजेन्द्रप्रसाद अधिकारीले ‘प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी’ कार्यपत्र प्रस्तुत गर्दै दिगो पूर्वाधार निर्माणमा प्राविधिकको भूमिकालाई थप स्पष्ट पारे।

सोही अवसरमा डिन प्राविधिक समितिका संयोजक इन्जिनियर खड्ग केसीले भूकम्पीय जोखिमयुक्त मुलुकमा भूकम्पको जोखिम थेग्नसक्ने भौतिक पूर्वाधार नहुँदा समस्या भोग्नुपरेको जिकिर गर्दै सरकार, विकास प्राविधिक तथा समुदायबीच सहकार्य, समन्वयको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी