२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा

२०८०, २९ पुष आईतवार ०५:४७

पुस २९, हुम्ला | चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा दिइएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।

जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि  मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताए ।

नियमानुसार हिमाली जिल्लाका विद्यालयमा हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने चलन छ । तर यस वर्ष ढिला गरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको उनको भनाइ छ ।

जिल्लाभरि एक सय ५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् ।

जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन् ।

एकाइका निमित्त प्रमुख  खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् ।

तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन् । जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने हालसम्म भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी