१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देवघाटमा बाँसको लिङ्गो गाडेर गरियो माघेसङ्क्रान्ति मेला सुरू

२९ पुष २०८०, आईतवार ०८:२९

पुस २९, चितवन | देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको सुरूवात गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको सुरूवात गरिएको हो ।

गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । बेनीमा गलेश्वर आश्रममा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरी जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो ।

सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानालगायत क्षेत्र विकास समितिका सदस्य, आश्रमका बटुकको ठूलो उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका सदन बरालले बताए । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको छ ।

यसवर्ष विधिपूर्वक मेलाको सुरूवात गरिएसँगै बाहिरबाट भक्तजन आउनेक्रम सुरु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले माघेसङ्क्रान्ति मेलाका अवसरमा आज र सोमबार नारायणगढ–मुग्लिन सडकखण्ड नरोकिने जानकारी दिए ।

पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । सङ्क्रान्ति मेलाका लागि सडक नरोकिने भएको हो ।

आज राति भक्तजन देवघाटमा जाग्राम बस्ने प्रचलन छ । धर्मशास्त्र अनुसार सौरमासका हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन