१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको चौथो जित, एपीएफलाई ५८ रनले हरायो

८ माघ २०८०, सोमबार १०:०१

माघ ८, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको दुई विभागीय क्लबबिचको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको छ ।

जारी प्रतियोगितामा हालसम्म चार खेल खेलेको पुलिस क्लबको यो चौथो जित हो । एपीएफ क्लबले पनि चौथो खेल खेलेको हो । प्रतियोगितामा एपीएफ क्लबको यो दोस्रो हार हो । दुई खेलमा भने एपीएफ क्लब विजयी भएको छ ।

सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४१ ओभरमै अलआउट हुनुअघि एक सय ४५ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने ३४ ओभरमै अलआउट हुनुअघि ८७ रनमात्र बनाउन सक्यो ।

एपीएफ क्लबका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । सन्दीप जोराले अविजित २५ रन बनाए । अमर रौतेलाले टोलीको खातामा २३ रन थपे ।

ओपनर ब्याट्सम्यान प्रज्ज्वल शाहीले १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । एपीएफ क्लबका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेका थिएनन् । एपीएफ क्लबले अतिरिक्त रुपमा १५ रन पायो ।  

पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा चार मेडन राख्दै केवल आठ रन खर्चिएका थिए । रासिद खानले पनि दुई विकेट हात पारे । सागर ढकालले पनि एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिस क्लबका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन बनाएका थिए । उनले ६३ बलमा एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि ३१ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले ५८ बलमा एक छक्का र एक चौका हिर्काएका थिए ।

पुलिस क्लबका लागि शंकरण राणाले पनि २२ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी भने १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । पुलिस क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

पुलिस क्लबले अतिरिक्त रुपमा १४ रन पाएको थियो । एपीएफ क्लबका बलर भुवन कार्कीले तीन विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २५ रन खर्चिए । अमर रौतेला र रमेश कुर्मीले पनि दुई–दुई विकेट हात पारे । मौसम ढकाल र रोहित पौडेलले पनि एक–एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक