२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ

२०८०, ११ माघ बिहीबार ०६:१७

माघ ११, काठमाडौँ | माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।

उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि ढिलोमात्र सार्वजनिक भएको हो ।

रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन् । ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौं,’ डा. भट्टराईले सामाजिक सन्जालमा लेखेका छन् ।

यस सम्बन्धमा तुरून्त ‘आवश्यक कदम’ चाल्न उनले जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन ।

पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले