१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चन्द्रमामा निदाएको नौ दिनपछि ब्युँझियो जापानी यान

१७ माघ २०८०, बुधबार ०९:१२

माघ १६, काठमाडौँ | चन्द्रमामा अवतरण भएसँगै निष्क्रिय भएको जापानको अन्तरिक्ष यान स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मुन (स्लिम) ले पुन: काम गर्न थालेको छ । सौर्य प्यानलले काम गर्न छोडेको नौ दिनपछि यानले पुनः काम गर्न थालेको हो ।

गत २० जनवरीमा चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएपनि विद्युत् उत्पादन गर्न नसक्दा यानलाई ‘स्लिपमोड’ (निन्द्राको मुद्रा) मा राखिएको थियो । जापानको अन्तरिक्ष एजेन्सी ज्याक्साले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यानसँग सम्पर्क स्थापित भएको जानकारी दिएको हो ।​

ज्याक्साका अनुसार सक्रिय भएको यानबाट अब चन्द्रमाको अवलोकन तथा चन्द्रमाबारे थप जानकारी सङ्कलन गरिनेछ । मुन स्‍नाइपर नामले समेत चिनिने यस यानको सफल अवतरणसँगै अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश बनेको थियो ।

त्यस्तै निर्धारित लक्ष्यभन्दा १०० मिटरभित्र यानलाई चन्द्रमामा अवतरण गराएर ज्याक्साले ल्यान्डिङ प्रविधिमा नयाँ सफलता हात पारेको थियो । जुन यस मिसनको मुख्य लक्ष्य पनि हो । 

यसबाट चन्द्रमामा चाहेको ठाउँमा यानलाई अवतरण गराउन सजिलो हुने ज्याक्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक