२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चन्द्रमामा निदाएको नौ दिनपछि ब्युँझियो जापानी यान

२०८०, १७ माघ बुधबार ०९:१२

माघ १६, काठमाडौँ | चन्द्रमामा अवतरण भएसँगै निष्क्रिय भएको जापानको अन्तरिक्ष यान स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मुन (स्लिम) ले पुन: काम गर्न थालेको छ । सौर्य प्यानलले काम गर्न छोडेको नौ दिनपछि यानले पुनः काम गर्न थालेको हो ।

गत २० जनवरीमा चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएपनि विद्युत् उत्पादन गर्न नसक्दा यानलाई ‘स्लिपमोड’ (निन्द्राको मुद्रा) मा राखिएको थियो । जापानको अन्तरिक्ष एजेन्सी ज्याक्साले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै यानसँग सम्पर्क स्थापित भएको जानकारी दिएको हो ।​

ज्याक्साका अनुसार सक्रिय भएको यानबाट अब चन्द्रमाको अवलोकन तथा चन्द्रमाबारे थप जानकारी सङ्कलन गरिनेछ । मुन स्‍नाइपर नामले समेत चिनिने यस यानको सफल अवतरणसँगै अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमाको सतहमा पुग्ने पाँचौँ देश बनेको थियो ।

त्यस्तै निर्धारित लक्ष्यभन्दा १०० मिटरभित्र यानलाई चन्द्रमामा अवतरण गराएर ज्याक्साले ल्यान्डिङ प्रविधिमा नयाँ सफलता हात पारेको थियो । जुन यस मिसनको मुख्य लक्ष्य पनि हो । 

यसबाट चन्द्रमामा चाहेको ठाउँमा यानलाई अवतरण गराउन सजिलो हुने ज्याक्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति