२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार आठौँ जित, लुम्बिनीलाई १०३ रनले हरायो

२०८०, १७ माघ बुधबार १२:१८

माघ १६, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई एक सय तीन रनको विशाल अन्तरले हराएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७.३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रन बनाएको थियो ।


जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले ३६.३ ओभरमा अलआउट हुनुअघि एक सय ४२ रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले उक्त खेल ३८–३८ ओभरमा झारिएको थियो ।

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको पुलिस क्लब सबै खेलमा विजयी भएको छ । पुलिस क्लब यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने पुलिस एकमात्र टोली हो ।

नवौँ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो आठौँ हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । लुम्बिनी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पुलिस क्लबले दिएको ठूलो विजयलक्ष्य पछ्याएको लुम्बिनी प्रदेशका लागि दिलसाद अलीले सर्वाधिक ३६ रन बनाए ।

नर सार्कीले ३१ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा १४ रन पाएको थियो । पुलिस क्लबका बलर कुशल भुर्तेलले तीन र करण केसीले दुई विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान, आरिफ शेख र रोशन बुढालले एक–एक पनि विकेट लिएका थिए ।

त्यसअघि पुलिसका लागि कप्तान आरिफ शेख, कुशल भुर्तेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफले ७६ रन बनाएका थिए । उनले ७६ बलमा तीन छक्का र नौ चौका हिर्काए ।

ओपनर ब्याट्सम्यान कुशलले टोलीको खातामा ४८ रन थपे । उनले ४२ बलको सामना गरी एक छक्का र सात चौका हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान करणले अर्धशतकीय पाली खेले । आठौँ नम्बरमा क्रिज समाल्न आएका करणले ५७ रन बनाए । निकै आक्रामक रुपमा प्रस्तुत भएका करणले केवल २७ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि २४ रन जोडे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि १८ बलमा पाँच चौका प्रहार गरे । ओपनर दिलिप नाथ दुई रनमै आउट भए । रासिद खानले टोलीको खातामा १२ रन थपे । प्रेम तामाङ पाँच रन बनाउँदै आउट भए । रोशन बुढालले १० रन बनाए । ललित राजवंशी दुई रनमा अविजित रहे । पुलिसले नौ अतिरिक्त रन पायो ।

लुम्बिनी प्रदेशका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले आठ ओभरमा ७७ रन खर्चिए । बीर मगरले पनि तीन विकेट हात पारे । कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति