२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असोज ११ मा ‘ह्रस्व दीर्घ’, फर्स्टलुकमा ब्रह्मानन्दमको पण्डित अवतार

२०८०, १८ माघ बिहीबार ०९:१९

माघ १८, काठमाडौँ | आगामी वर्षको दशैंमा फिल्म रिलिजको चाप देखिने भएको छ । ‘बलिदान’ र ‘छक्का पञ्जा ५’ले दशैं ‘रिजर्भ’ गरिसकेको अवस्थामा अब फिल्म ‘ह्रस्व दीर्घ’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको हो । पोस्टरमा साउथका चर्चित अभिनेता ब्रह्मानन्दम चित्रित छन् । उनलाई ‘पण्डित’ अवतारमा देख्न सकिन्छ ।


पोस्टरमा ब्रह्मानन्दम दुई फरक मनोभावमा देखिएका छन् । ढाकाटोपी लगाएका उनको निधारमा चन्दन देखिन्छ । एउटामा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत छन् । उनको भागको छायांकन गत वर्ष भारतस्थित रामोजी फिल्म सिटी (स्टुडियो)मा गरिएको थियो । ब्रह्मानन्दमले पहिलोपटक नेपाली फिल्ममा काम गरेकाले ‘ह्रस्व दीर्घ’प्रति दर्शकको चासो बढेको छ ।

द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्ममा साउथबाट ब्रह्मानन्दमसँगै अली, ‘गजनी’ भिलेन प्रदीप रावत, कबीर दुहान सिंहलगायतको पनि अभिनय छ । नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतले अभिनय गरेका छन् । फिल्मको कथा हरिहर आफैंले लेखेका हुन् ।

भारत र नेपालमा गरी दुई चरणमा छायांकन भएको फिल्मलाई भारतका छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता सफल बलिउड फिल्मको छायांकन गरिसकेका छन् । नीता र हरिहर ‘ह्रस्व दीर्घ’लाई नेपालीसहित भारतका विभिन्न भाषामा स्वरांकन गरेर प्रदर्शन गर्ने योजनामा छन् । फिल्मको बजेट मात्र ६ करोडमाथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति