३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

८९० फीट आकारको क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै, नासाका बैज्ञानिक सर्तक

१९ माघ २०८०, शुक्रबार ०३:३६

माघ १९, न्युयोर्क | एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ । यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकि यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउने सक्छन । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् । तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रिने भएको छ ।

क्षुद्रग्रह २००८ ०एस ७ अर्को केही दिनमा पृथ्वीको नजिक आउने क्षुद्रग्रहहरूमध्ये सबैभन्दा ठूलो हो। नासा जेपीएलका अनुसार यो फेब्रुअरी २ मा २८ लाख ५० हजार किलोमिटरको दुरीमा हाम्रो ग्रहको नजिकबाट जान्छ। ८९० फीट आकारको क्षुद्र ग्रह एउटा इनडोर स्टेडियमको आकार जत्रै रहेको छ । तर, यो पृथ्वीसँग ठोक्किने सम्भावना भने छैन । तर, यो पृथ्वीबाट धेरै टाढा नगएसम्म वैज्ञानिकहरूले यसमा नजर भने राख्ने छन्।

फेब्रुअरी २ मा दुई अन्य क्षुद्रग्रहहरू पनि पृथ्वीको नजिक आउँदैछन्। तिनीहरूको आकार एक विमान बराबर हुन सक्छ। जसमध्ये क्षुद्रग्रह (२०२४ बीजे ३) को आकार करिब ७१ फिट रहेको छ र यसले ८ लाख ५७ हजार किलोमिटरको दुरीमा हाम्रो ग्रह पार गर्नेछ।

नासाका अनुसार क्षुद्रग्रहलाई माइनर ग्रह पनि भनिन्छ। जसरी हाम्रो सौर्यमण्डलका सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्, त्यसैगरी क्षुद्रग्रहहरू पनि सूर्यको वरिपरि घुम्छन्। क्षुद्रग्रहहरू ४.६ बिलियन वर्ष पहिले हाम्रो सौर्यमण्डलको प्रारम्भिक गठनदेखि बाँकी रहेका चट्टानी अवशेषहरू हुन्। वैज्ञानिकहरूले हालसम्म ११ लाख १३ हजार ५२७ क्षुद्रग्रह पत्ता लगाएका छन् ।

अधिकांश क्षुद्रग्रहहरू मुख्य क्षुद्रग्रह बेल्टमा पाइन्छ। यो मंगल र बृहस्पतिको बीचमा छ। तिनीहरूको आकार १० मिटर देखि ५३० किलोमिटर सम्म हुन सक्छ। अहिलेसम्म पत्ता लागेका सबै क्षुद्रग्रहहरूको कुल पिण्ड पृथ्वीको चन्द्रमाको भन्दा कम छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट