२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुसी सैनिकका श्रीमतीले थाले श्रीमान् फर्काऊ आन्दोलन, २० जना पक्राउ

२०८०, २१ माघ आईतवार १०:४०

माघ २१, काठमाडौँ | रुसमा सैनिकका श्रीमती र उनीहरूका परिवारले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन क्रेमलिन प्यालेसअगाडि सैनिकहरूको सम्झनामा निर्माण गरिएको स्मारक ‘टम्ब अफ दि अननोन सोल्जर’ अगाडि नै सरकारविरुद्ध प्रदर्शन भइरहेको हो ।

अलजजिराका अनुसार युक्रेनविरुद्ध युद्ध लडिरहेका आफ्ना श्रीमान् र सन्तान फर्काउन रुसी महिलाहरूले प्रदर्शन गरिरहेका हुन् । उनीहरूले आफ्ना श्रीमान र सन्तान युक्रेनबाट जीवितै फर्काउन सरकारलाई दबाब दिइरहेका छन् ।

उनीहरूले 'आफ्ना श्रीमान् सकुशल स्वदेश फर्किनुपर्छ' लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले मृत श्रीमान्‌काे बदलामा पाइने क्षतिपूर्ति नचाहिने र ज्यूँदाे श्रीमान चाहिने भन्दै आन्दोलन गरिरहेको अवस्था छ । 

पछिल्लोपटक शनिबार भएकाे प्रदर्शनका क्रममा रुसी प्रहरीले २० जनालाई हिरासतमा लिएको छ । रुसमा सरकारले युद्धको विरोध गर्नेलाई कडा सजाय तोकेको छ । उनीहरूलाई दश वर्षभन्दा बढी जेल सजाय हुनसक्छ ।

रुसी सैनिकलाई स्वदेश फर्काउन परिवारहरूले दबाब दिइरहँदा युक्रेनले यसबीचमा रुसी सेनाभित्र रहस्यमयी बिरामी फैलिएको दाबी गरेको छ । युक्रेन सरकारका अनुसार रुसले बिरामी सेनालाई युद्ध लड्न युक्रेन पठाएको छ, उनीहरूको आँखा राता छन् र उनीहरू युद्धका क्रममा वान्ता गरिरहेका छन् । साथै उनीहरूको मिर्गौलामा पनि समस्या देखिएको छ ।

द सनको पछिल्लो रिपोर्टअनुसार युक्रेनविरुद्धको युद्धमा अहिले रुसलाई चिसो मौसमका कारण युद्ध लड्न कठिनाइ भइरहेको छ । युक्रेनमा अहिले माइनस ५ डिग्रीको तापक्रम छ । यस्तोमा रुसी सैनिकले उचित खाना, औषधि र कपडा नपाएको दाबी गरिएको छ । अमेरिकाका अनुसार सन् २०२२ को फेब्रुअरी २४ यता जारी रुस–युक्रेन युद्धमा अहिलेसम्म ३ लाख १५ हजार रुसी सैनिक मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति