२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, हेमन्त, आकाश र रिजन पहिलो पटक टिममा

२०८०, २२ माघ सोमबार ०६:१७

माघ २२, काठमाडौँ | नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ ।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ । लिग २ मा नेपालले १५ फेब्रुअरी देखि २४ सम्म खेल्नेछ ।

खेल विहान ९: १५ बजेदेखि शुरु हुने छ । 

क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

क्यानडासँग खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह

लिग २ खेल्ने नेपाली टोली :

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

हेमन्त, आकाश र रिजन पहिलो पटक टिममा 

रिजन, आकाश र हेमन्त पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हुन् ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

आकाश चन्दले यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए । उनले इनस्विङ्गका साथ शानदार प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति