२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकारी ठगी प्रकरणमा पोखराको पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ

२०८०, २३ माघ मंगलवार ०८:५५

माघ २३, काठमाडौँ | सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा कास्की प्रहरीले पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका एक सहप्रधाध्यापकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पोखराको मालेपाटन घरभएका विष्णुप्रसाद भण्डारी छन्। सहप्राध्यापक भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। पक्राउ परेका भण्डारीलाई आजै (मंगलबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइने कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए। 


यो सहकारीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि सहप्राध्यापक भण्डारी साधारण तारेख तथा धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि जेल चलान हुने भन्ने आदेश आउने छ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति