१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडा जानेलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा ४० लाख ‘झ्वाम’

२४ माघ २०८०, बुधबार ०८:५०

माघ २४, काठमाडौँ | वैदेशिक अध्ययनमा जाने व्यक्तिलाई बैंक डिपोजिट देखाउन सहयोग गर्दा एक व्यक्तिको ४० लाख रुपैयाँ गिरोहले झ्वाम पारेको छ । नुवाकोटका मानसिंह तामाङलाई नक्कली विद्यार्थी खडा गरेर गिरोहेले ठगी गरेको पाइएको हो ।

प्रहरीका अनुसार तामाङलाई बानेश्वरमा नेपाल अब्रोड कन्सल्टेन्सी सञ्चालन गर्ने श्रीजन राज काफ्लेले सुरज कुमार लुङ्गेली मगर नाम गरेका विद्यार्थीलाई क्यानडा जान तत्काल बैंक डिपोजिट देखाउन पैसा चाहिएको भन्दै तामाङलाई फोन गरेका थिए ।

लगेको भोलिपल्टै पैसा फिर्ता पाउने विश्वासमा तामाङले गत डिसेम्बर २० तारेख सुरजलाई नबिल बैंकमा रहेको खाताबाट ४० लाख रुपैयाँको चेक काटेर दिएका थिए । जाहेरवालाका अनुसार सुरज आफैले ब्यालेन्स सर्टिफिकेट चाहिने भएकाले उक्त बैंक डिपोजिट आवश्यक परेको उल्लेख गरेका थिए। तर दिइएको रकम फिर्ता नपाएपछि तामाङ झस्किएका थिए। त्यसपछि उनी प्रहरीमा पुगे ।

प्रहरीले पक्राउ गरेपछि सुरजले आफूलाई काफ्लेले प्रयोग गरेको र उनकै योजनामा आफू नक्कली विद्यार्थी बनेर पैसा लिन तामाङकहाँ पुगेको बयान दिएका छन्। उनका अनुसार पैसा जम्मा भएको भोलिपल्टै सुरज र काफ्लेले बैंकमा पुगेर १० लाख रुपैयाँ झिकेका थिए। त्यसमध्ये ५ लाख काफ्लेलाई दिएको र बाँकी ५ लाखमध्ये एक लाख रुपैयाँ पारस गुरुङ भन्ने व्यक्तिलाई दिएको बताएका छन् । बाँकी रहेको ४ लाखमध्ये एक लाख ३० हजारको सुनको सिक्री खरिद गरेको, ६५ हजार रुपैयाँ पोखरा घुम्न जाँदा खर्च भएको र २ लाख ५ हजार रुपैयाँ थप पारसलाई दिएको उनको दाबी छ ।

पछि काफ्लेले सुरजको बैंक खाताबाट २७ लाख ५० हजार रुपैयाँ लिएका थिए । सुरजको दाबीअनुसार उनको बैंक खातामा रहेको बाँकी २ लाख ५० हजार रुपैयाँ जडीबुटीस्थित होटलमा खान बस्दाको बिलबापत तिरिएको थियो । प्रहरीका अनुसार काफ्लेले आफूलाई दीपक रानामगर, जेनिथ दाहाल, नरबहादुर दाहाललगायत नामले पनि चिनाउने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार