माघ २९, काठमाडौँ | क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालले पेनाल्टीमार्फत ५ रन पाएको छ ।
खेलको पहिलो इनिङको अन्तिमतिर क्यानडाका कप्तान साद विन जफर पीचमा हिँडेको भन्दै अम्पायरले नेपाललाई इनिङ सुरु नहुँदै नेपालले पेनाल्टीमार्फत ५ रन पाएका हुन् ।
जफरले पहिलो इनिङको ४९औं ओभरको अन्तिम बलमा पीचको मध्य भागबाट कुदेर रन जोडेका थिए ।
फिल्ड पेनाल्टीमार्फत नेपाललाई ५ रन दिइएको हो । क्यानडाका कप्तान जफरले बारम्बारको चेतावनी नमानेपछि अम्पायरले विपक्षी टोली नेपाललाई पेनाल्टी रन दिएका हुन् । क्रिकेटमा पीचको मध्य भागमा दौडन पाइँदैन ।