१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डडेल्धुरामा ११ वर्षीया बालिकामाथि आफन्तबाटै पटक-पटक बलात्कार

१ फाल्गुन २०८०, मंगलवार ०८:३५

फागुन १, डडेल्धुरा | डडेल्धुरामा ११ वर्षीया बालिकामाथि पटक-पटक  बलात्कार भएको खुलेको छ। 

माघ २८ गते उपचारका लागि परशुराम नगरपालिकास्थित जोगबुडा अस्पतालमा ल्याइएकी बालिकामाथि पटक-पटक बलात्कार भएको पाइएको हो। 

उपचारका क्रममा बालिकामाथि बलात्कार भएको भेटिएपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए।

सोही क्रममा अनुसन्धान गर्दा बालिकामाथि पटक-पटक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपक कार्कीले जानकारी दिए।

‘अनुसन्धान गर्दा बालिकामाथि आफन्तले ६ महिनादेखि पटक-पटक बलात्कार गर्दै आएको खुल्न आएको छ,’ डिएसपी  कार्कीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकामाथि उनकै काका पर्ने र स्थानीय युवकले पटक-पटक बलात्कार गर्दै आएको पाइएको छ। 

प्रहरीले सोधपुछ गर्दा काकाले ६ महिनाअघि  बलात्कार गरेको बालिकाले बताएकी छन्। स्थानीय युवकले पनि हालसालै बालिका बलात्कार गरेको अनुसन्धानमा खुलेको छ। 

बालिकाले बयान दिएलगत्तै माघ २८ गते नै स्थानीय आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। 

बालिकाको काका भने रोजगारीको लागि भारत पुगेका पाइएको छ। उनी बलात्कार मुद्दामा बच्नका लागि भारत गएको हुनसक्ने प्रहरीको अनुमान छ। 

बालिकाको बा-आमा रोजगारीका लागि भारतमा छन्। बालिका हजुरबुबा-आमाको साथमा बस्दै आएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस