२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विकल र सुनिललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

२०८०, २ फाल्गुन बुधबार ०७:५३

फागुन २, काठमाडौँ | सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन हिरासतमै रहने भएका छन् । 

विशेष अदालतले उनीहरु दुबै जनालाई थप २१० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरु थप १० दिन हिरासतमै रहने भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले दुबै जनाविरुद्ध १० दिनको म्याद थप भएको बताए । 


उनीहरु दुबै जनालाई माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यसयता उनीहरु अख्तियारको हिरासतमा छन् । 

पक्राउ परेपछि पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराउँदा उनीहरुले हिरासतमा नराख्न भन्दै आफ्नोतर्फबाट वकिल उतारेर बहससमेत गराएका थिए। सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि उनीहरु निलम्बित भएका थिए। २०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो। त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। 

मुद्दा दायरपछि दुवै निलम्बनमा छन्। मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति