१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस वर्ष हिउँदे वर्षा किन भएन ?

२ फाल्गुन २०८०, बुधबार ०८:१८

फागुन २, काठमाडौँ | यस वर्षको हिउँदे याम सकिन अब दुई हप्ता मात्र बाँकी छ। मौमसदवीद्हरूका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ। यी तीन महिनामा वर्षभरिमा सबैभन्दा बढी चिसो हुन्छ। यो याममा सामान्यता कम्तीमा एक पटक हिउँदे वर्षा हुने गर्छ।

तर यस वर्ष काठमाडौँ लगायत देशभरि निकै कम हिउँदे वर्षा भयो। काठमाडौँमा फाट्टफुट्टै बाहेक हिउँदे वर्षा भएन। काठमाडौँ भन्दा पश्चिमी क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हिउँदे वर्षा भएको तर समग्रमा यस वर्ष हिउँदे वर्षा पर्याप्त भएन – मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।


‘यस वर्ष काठमाडौं लगायत देशभरि जति मात्रामा हिउँदे वर्षा हुनु पर्थ्यो। यो सरदर वर्षा भन्दा कम  हो। पर्याप्त होइन’ वरिष्ठ मौसमविद् राजु प्रधानानागंले भने। उनका अनुसार यस वर्षको हिउँदे याममा वर्षा गराउने प्रणाली जसरी सक्रिय हुनु पर्थ्यो, त्यस रुपमा सक्रिय भएन। सोही कारण काठमाडौं लगायत देशभरि हिउँदे वर्षा पर्याप्त भएन। महाशाखाका अनुसार यस वर्ष काठमाडौँमा फेब्रुअरी २ तारेखमा जिरो दशमलव जिरो ५ मिलिमिटर तथा फेब्रेवरी ५मा फाट्टफुट्ट वर्षा भएको छ।

हिउँदे याम सकिन बाँकी रहेका अबको दुई हप्तामा हिउँदे वर्षा हुन्छ कि हुँदैन भन्नेमा अझै केही टुंगो नभएको मौसमविद्हरूको भनाइ छ।  

प्रधनाङ्ग भन्छन्, ‘हिउँदे याम सकिन अझै दुई हप्ता बाँकी छन्। दुई हप्ताको अवधिमा वर्षा हुन्छ कि हुँदैन भनेर अहिले नै भन्न सकिन्न।’

मौसवीद्हरूका अनुसार यस वर्ष  चिसो पोहर सालको तुलनामा २०/२१ दिन पर सरेको छ। पोहर साल सबै भन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबै भन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८मा मापन गरिएको छ। जनवरी २८ मा यस वर्ष चिसो २ दशमलव १ डिग्री पुगेको थियो। पोहरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा बायु मण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको उनको भनाइ छ।

हिउँदे याममा वर्षा नहुँदा प्रदूषण अत्यधिक बढ्ने वातावरणविद्हरू बताउँछन्। मौसमविद्का अनुसार चिसो याममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस