१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने!

४ फाल्गुन २०८०, शुक्रबार ०९:०३

फागुन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ। 

 'ट्याक्सी वे'लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि  विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताएका हुन् ।  धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ। त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जनाएको छ।


रन-वे र ट्याक्सी-वे बीचको कनेक्सन जडानको काम गर्दागर्दै विमानस्थल आंशिक तथा पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रमुख इन्जिनियर दिपेन्द्र श्रेष्ठले बताए। यसका लागि अहिलेदेखि नै सूचना दिइएको उनले बताए।

'रनवेबाट ७५ मिटर दायाँबायाँ दूरीमा चार मिटर गहिरो खाल्डो खनेर पुर्नु धेरै संवेदनशील काम पनि हो,' श्रेष्ठले भने, 'कालो माटो र पानी निस्कियो अथवा केही समस्या देखियो भने अहिलेको समयले पुग्दैन। थप समय लाग्ने देखिएमा रनवे नै बन्द गरेर काम गर्नुपर्ने हुन्छ।'

न्यूनतम ८ देखि १० घण्टा समय लाग्ने भएपनि प्रतिकूल अवस्थामा भने लामो सयम नै विमानस्थल बन्द हुन सक्ने उनकाे भनाइ छ। तर सकेसम्म कमभन्दा कम समय विमानस्थल बन्द गरेर काम गर्ने विषयमा अध्ययन भइरहेको छ।

उनका अनुसार त्यस्तो परिस्थिति आएमा विमानस्थलसँग जोडिएका वायुसेवाहरूलाई सूचना दिएर बन्द गरिनेछ। रनवेसम्म ट्याक्सी वे पुर्‍याउनका लागि भने अझै ३/४ महिना लाग्छ। उनका अनुसार सन् २०२४ को नोभेम्बर तथा २०२५ को जनवरीमा उक्त काम हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ