२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेम सुवालको टिप्पणी- बजेट अर्थमन्त्रीको पेवा होइन, मनपरी गर्न पाइँदैन

२०८०, ६ फाल्गुन आईतवार ०९:३२

फागुन ६, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् ।

सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस बिरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए ।

संसद सदस्यको,सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाई थियो । उहाँले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए

‘सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्र होइन । यो अध्यादेशमा समेट्नुपर्ने विषयतर्फ म अर्थमन्त्रीजीको अध्यानाकर्षण गराउन चाहन्छु । अर्थमन्त्रीले संघीय संसद र समितिका बैठकहरुमा संसदका सदस्यहरुबाट प्राप्त सुझाव अनुसार बजेटको कार्यक्रमको सिद्धान्त र प्राथमिकता, नेपाल सरकारको नीति तथा कार्यक्रम बजेट निर्माण गर्नुपर्ने व्यवस्था राख्नुपर्ने । बजेटको व्याख्यात्मक टिप्पणीमा कुन सांसदको सुझाव हो, त्यो बजेट पर्नुकोकारण । त्यो समेत राख्नुपर्छ । अर्थमन्त्रीले खुरुखुरु लेख्ने प्रजातन्त्र होइन । संसद सदस्यको, संसदको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र हो । अर्थ मन्त्रालयको कोष भनेको जनताको राजश्व हो । अर्थमन्त्री पेवा होइन । अर्थमन्त्रीले यो मेरो ढुकुटी हो । यो मैले छुन दिन्न भन्न पाउँदैन । त्यसकारण कुनै शिर्षक राख्ने हो भने अर्थमन्त्रीले फलाना सांसदले देश र जनताको हितमा यो विषय सुझाव दिनु भएकाले मैले यो शिर्षक राखेको हुँ भन्न सक्नुपर्छ । मनपरी गर्न पाइँदैन । बजेट निर्माण गर्नुअघि सांसदहरुलाई सम्बन्धित निर्वाचन क्षेत्रमा जनतासँग सुझाव लिन दिनुपर्छ । त्यो सुझावमा जे आउँछ, त्यस आधारमा मात्रै बजेट बनाउन पाइन्छ । त्यो भन्दा यताउता गर्न पाइँदैन । त्यस्तो यो अध्यादेशमा आउनुपर्ने हो, आएन । र विदेशी दलालहरुसँग अर्थमन्त्रीले बजेट बनाउन सुझाव दिन पाइँदैन ’  उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति