१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

७ फाल्गुन २०८०, सोमबार ०५:३७

फागुन ६, तनहुँ | तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्।


मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडकखण्डमा सोमबार बिहान राति साढे १२ बजे दुर्घटनामा परेको हो।

बोलेरो अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

दुर्घटनामा आशवीरको घटनास्थलमै मृत्यु भएको थियो। तुलसीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ३:४० बजे मृत्यु भएको खाणले बताए।

दुर्घटनामा चालकसहित १६ जना घाइते छन्।  घाइते हुनेमा आबुखैरेनी गाउँपालाक-६ की १५ वर्षीया सुविना गुरुङ, ६७ वर्षीया मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौराका १० वर्षीय शिशिर गुरुङ रहेका छन्। उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

चालक आबुखैरेनी-१ गिराउनचौरका ३८ वर्षीय राजकुमार विश्वकर्मा, आबुखैरेनी-६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आशमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ र १८ महिने बालक सुसान गुरुङ रहेका छन्।

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको खाणले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ