१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५० लाख ब्लडमनी नदिए दुबईमा एक नेपालीलाई मृत्युदण्ड दिइने

७ फाल्गुन २०८०, सोमबार ०६:००

फागुन ७, काठमाडौँ | यूएईमा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।

विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए ।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । गम्भीर घाइते आले मगरको उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको थियो ।


५० लाख नेपाली रुपैयाँ ब्लडमनी नदिए कार्यान्वयन हुने

श्रेष्ठ २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । उनी बसेको कोठामा झगडा हुँदा छुट्ट्याउने क्रममा आले मगरलाई गम्भीर चोट लागेको थियो । त्यसपछि उनैले अस्पताल लैजाँदै थिए । तर, बाटैमा साथीको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘त्यहाँ साथी साथीबीच झगडा भएको रहेछ, त्यो देखेपछि मेरो भाइ छुट्याउन गएका रहेछन्, तर आले मगरको मृत्यु भएपछि फिंगरिङ गर्दा मेरो भाइलाई फसाइयो,’ उनका दाइ दिनेशकुमार श्रेष्ठले भने ।

भाइ जेल परेको ५ वर्ष भइसकेको र अहिले मृत्युदण्ड कुरिरहेको दाइ दिनेशकुमारले बताए । ‘अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनीबापत मागिरहेको छ, सो पैसा दिनसके भाइको ज्यान जोगिन्छ भनिएको छ, नदिए मृत्युदण्ड दिन लगाउने भनेको छ,’ उनले भने ।

आफूले कन्सुलर विभाग पुगेर भाइ दोषी नरहेको भन्दै फैसलाको पुनरावेदनका लागि पहल गरिदिनसमेत विभागलाई अनुरोध गर्दै निवेदन दिएको दिनेशकुमारले बताए ।

तर, भाइको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए । अहिले आफन्त, नातागोता र देश–विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई भाइलाई मृत्युदण्डबाट जोगाउन ब्लडमनी संकलन कार्य थालिएको उनले बताए ।

‘यो घटना ५ वर्षपहिलेको हो तर केही दिनअघि दुबईको अदालतले उनलाई मृत्युदण्ड फैसला सुनाएको रहेछ,’ घनश्यामले भने, ‘साथीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको र त्यस कारणले उनी फसेको भन्ने जानकारी आएको छ, हामी पीडित परिवारसँग डिल गरेर भुवन बचाउ अभियान सञ्चालन गर्ने तयारीमा छौं ।’

मृतकका मामाका अनुसार त्यतिबेला परिवारले १ लाख ५० हजार दिराम अर्थात् करिब ४९ लाख नेपाली रुपैयाँ ब्लडमनी मागेको र त्यो दिए मृत्युदण्डको सजायबाट माफी पाएर नेपाल फर्कन पाउने बताए ।

घनश्यामका अनुसार, ब्लडमनीबापतको पैसा नबुझाए अबको केही महिनामै मृत्युदण्डको सजाय कार्यान्वयन हुनेछ । विभिन्न आरोपमा यूएईमा धेरै नेपाली कामदार जेल जीवन बिताइरहेका छन् भने केही नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ