१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेस्सी भन्छन्, ‘ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन’

८ फाल्गुन २०८०, मंगलवार ०८:०६

फागुन ८, काठमाडौं | खेलकुदमा राजनीति मिसाउन खोजेको भनी चिनियाँ फुटबल समर्थकहरूले आफूमाथि लगाएको आरोपको विषयमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो बचाऊ गरेका छन् । उनले स्वास्थ्य समस्याका कारण आफूले हङ्कङमा मैत्रीपूर्ण फुटबल खेल्न नसकेको बताएका छन् ।

केही समयअघि अमेरिकी फुटबल क्लब इन्टर मियामी एसिया भ्रमणमा आएको थियो । मेस्सी पनि इन्टर मियामीबाटै ब्यवसायीक फुटबल खेल्छन् । एसिया भ्रमणका क्रममा इन्टर मियामीले हङ्कङमा प्रदर्शनी खेल खेलेको थियो ।

तर, त्यो खेलमा मेस्सी मैदानमा ओर्लिएका थिएनन् । स्वास्थ्य समस्याका कारण मेस्सीले उक्त खेल नखेलेको बताइएको थियो । त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने मेस्सी मैदानमा ओर्लिएका थिए । हङ्कङ भ्रमणपछि जापान पुगेको इन्टर मियामीले त्यहाँ पनि प्रदर्शनी खेल खेलेको थियो । जापानमा खेलिएको खेलमा पनि मेस्सी मैदानमा ओर्लिएका थिए ।


हङ्कङमा मेस्सीको खेल हेर्न हजारौँ समर्थकले महंगो मूल्यमा टिकट खरिद गरेका थिए । मेस्सीले नखेलेपछि समर्थकहरू आक्रोशित बनेका थिए । आयोजकले आफूहरूसँग धोखा गरेको आरोप पनि समर्थकले लगाएका थिए ।

समर्थकहरूले इन्टर मियामी र मेस्सीले फुटबलमा राजनीति मिसाउन खोजेको आरोप पनि लगाएका थिए । चिनिया सरकारका स्थानीय अधिकारीहरु पनि इन्टर मियामी र मेस्सीको उक्त निर्णयबाट रुष्ट बनेका थिए ।

आफूमाथि आरोप लाग्नेक्रम बढ्दै गएपछि मेस्सीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले स्वास्थ्य समस्याकै कारण आफूले हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफूले हङ्कङमा नखेल्नुको पछाडि कुनै राजनीतिक कारण नरहेको दाबी पनि गरेका छन् ।

‘हङ्कङमा मेरो अनुपस्थितिको विषयलाई लिएर विभिन्न आरोप लगाइएको छ । यस्ता आरोपमा कुनै सत्यता छैन । मैले फुटबलमा राजनीति मिसाउने कुनै कार्य गरेको छैन,’ चिनियाँ समर्थकलाई सम्बोधन गर्दै मेस्सीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ