२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दैनिक साढे ५०० मेगावाट बिजुली भारतबाट ल्याउँदै प्राधिकरण

२०८०, ८ फाल्गुन मंगलवार १०:१६

फागुन ८, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले आन्तरिक आपूर्ति धान्नका लागि भारतबाट दैनिक साढे ५०० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिएको छ । सुख्खायामा नेपालको उत्पादन खुम्चने भएकाले बिजुली माग धान्नका लागि भारतबाट ५४५ मेगावाट बिजुली आयात भइरहेको हो ।

यति बेला नेपालमा सरदर बिजुलीको माग १३ सय ४४ मेगावाट छ । तर, यो माग धान्नेगरी आन्तरिक उत्पादन भइरहेको छैन । नेपालमा सबैजसो आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) छन् । यी आयोजनाबाट वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ ।

प्राधिकरणका अनुसार १३ सय ४४ मेगावाट माग पूर्ति गर्नका लागि ५४५ मेगावाट बिजुली आयात भइरहेको हो । तथ्यांकअनुसार यति बेला स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रबद्धन आयोजनाबाट ४४९ मेगावाट बिजुली उत्पादन भइरहेको छ । जबकि, निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको कूल जडित क्षमता २२ सय मेगावाटभन्दा धेरै पुगिसक्यो ।

यस्तै, विद्युत् प्राधिकरणको लगानीबाट सञ्चालित आयोजनाबाट १९८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसबाहेक, प्राधिकरणको सहायक कम्पनीहरूबाट ११५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्र, प्राधिकरण र प्राधिकरणको सहायक कम्पनीको कूल उत्पादन जोड्दा ७६२ मेगावाट हुन्छ ।

यसअनुसार बजार मागअनुसारको आपूर्ति मिलाउनका लागि प्राधिकरणलाई थप ५८२ मेगावाट बिजुली चाहिन्छ । यही असन्तुलन मिलाउनका लागि प्राधिकरणले भारतबाट ५४५ मेगावाट बिजुली आयात गरिरहेको हो । तर, १३४४ मेगावाट सरदर माग मात्रै भएको प्राधिकरणले जनाएको छ ।

यति बेला नेपालको उच्च माग बढेर १८४९ मेगावाटसम्म पुगेको छ । यो समयको आपूर्तिका लागि प्राधिकरणले अर्धजलाशययुक्त आयोजनालाई सदुपयोग गरिरहेको छ । प्राधिकरणले उच्च माग आउने समयका लागि भनेर कुलेखानी आयोजना र माथिल्लो तामाकोसीमा पानी जम्मा गर्छ । र, आवश्यकताअनुसार बिजुली उत्पादन गर्दै आइरहेको छ ।

विद्युत् प्राधिकरणले सुख्खायामको यही असन्तुलनलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सौर्य ऊर्जामा जोड दिने नीति लिएको छ । प्राधिकरणको बोर्ड बैठकले ७०० देखि ८०० मेगावाटसम्म सौर्य आयोजनाबाट उत्पादन हुने बिजुलीको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने निर्णय गरिसकेको छ । पीपीए सम्पन्न भएको दुई वर्ष भित्रमा यी आयोजनाबाट विद्युत् उत्पादन सुरु हुने आँकलन प्राधिकरणको छ ।

तर, प्राधिकरणले प्रतियुनिट ५.९४ रुपैयाँमा पीपीए खुलाउँदा सौर्य आयोजनाबाट बिजुली उत्पादन कठिन हुने सौर्य ऊर्जा उत्पादकहरुको संस्था (सोपान)का महासचिव प्रविन अर्याल बताउँछन् । उनका अनुसार सुरुमा सौर्य आयोजनाबाट उत्पादित बिजुलीले प्रतियुनिट १३ रुपैयाँ पाउँथ्यो । त्यसपछि, ९ र ७ रुपैयाँ हुँदै ५.९४ रुपैयाँमा आइपुगेको हो ।

नेपालले वर्षायामको समयमा भारततर्फ अर्बौ रुपैयाँको बिजुली निर्यात गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको वर्षायाममा नै नेपालबाट साढे १५ अर्ब रुपैयाँभन्दा धेरैको बिुजली भारततर्फ निर्यात भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू वर्षदेखि नेपाल बिजुली व्यापारमा नाफामा रहनेछ । वर्षायाम सुरु भएपछि चालू वर्षको जेठ वा असारदेखि पुनः भारततर्फ निर्यात सुरु हुनेछ ।

बिजुली व्यापारका लागि नेपालले भारतको अपार बजारसम्म पहुँच बनाइसकेको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत बेच्नेगरी नेपाल र भारतका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । यो सम्झौताअनुसार आगामी वर्षदेखि भारतमा निबार्धरुपमा बिजुली निर्यात हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति