2026-09-18 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

मुखबाट दुर्गन्ध किन आउँछ ? कसरी बच्ने ?

 काठमाडौँ | मुखबाट आउने दुर्गन्धले हामी मात्रै होइन अरू पनि असहज हुन्छन् । विवाह, पार्टी वा कुनै जमघटमा कुराकानी गरिरहेको समयमा मुखबाट दुर्गन्ध आउनु लाजको कारण बन्न सक्छ ।

तपाईंले पनि प्रायः यस्तै समस्याको सामना गर्नु परिरहेको छ कि ? यदि त्यस्तो हो भने जीवनशैलीमा केही परिवर्तन गरेर मुख वा सासको दुर्गन्धबाट बच्न सकिन्छ । आजको यस लेखमा हामीहरू सास गन्हाउने र मुखको दुर्गन्धबाट छुटकारा पाउने उपायहरू सिक्नेछौँ । तर यो भन्दा अगाडि सास गन्हाउनुको कारण थाहा पाऔँ ।

मुखबाट दुर्गन्ध किन आउँछ ?

मुख राम्ररी सफा नगर्दा पनि दुर्गन्ध आउँछ । मुखमा अड्किएका खानाका करणहरू रातभरमा ब्याक्टेरिया बन्छन् । यही ब्याक्टेरिया नै दुर्गन्धको कारण बन्छ । खानामा सल्फर वा कीटोन्स भएर पनि दुर्गन्ध आउँछ । सासमा दुर्गन्ध आउनु भनेको शरीरमा कुनै रोग हुनुको सङ्केत पनि हुन सक्छ ।

असर

–व्यक्तिको मानसिक स्थितिमा नराम्रो असर पार्छ ।

–व्यक्ति हीन भावनाको शिकार हुन्छ । अनि एक्लै बस्न थाल्नेछ ।

–व्यक्तिको छवि धूमिल भइदिन्छ ।

–अरू मानिस कुराकानी गर्न वा सम्मुखमा पर्न मान्दैनन् ।

मुखबाट आउने दुर्गन्धबाट छुटकारा पाउन यस्तो उपायहरू अपनाउन सकिन्छ

–दही खानुस् । यसले मुखमा हाइड्रोजन सल्फाइडको स्तर कम गर्छ । दहीमा भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । यसले मुखको दुर्गन्ध भगाउँछ ।

–उच्च फाइबरयुक्त तरकारी र अमिलो फल खानुस् । यसले पनि मुखको दुर्गन्ध हटाउँछ । कागती, सुन्तला र जामुन जस्ता अमिलो फलहरूले मुखको दुर्गन्धसँग लड्छ ।

–सुगर–फ्री चुइङगम पनि मुखको दुर्गन्ध कम गर्न उपयोगी हुन्छन् ।

– पानीको कमी भयो भने मुख सुक्छ अनि यो पनि दुर्गन्धको कारण बन्न सक्छ । पर्याप्त पानी पिउनुस् । मुखमा दुर्गन्ध उत्पन्न गर्ने ब्याक्टेरिया नष्ट हुन्छन् । सास ताजा हुनेछ ।

–खाना खाने बित्तिकै मुख राम्ररी कुल्ला गर्नुस् । मुखमा खानाका कण रहनु हुन्न ।

बारम्बार ब्रस र फ्लसिङ गर्नले मुखभित्र रहेका खानाका कण र प्लाक हटाउन मद्दत मिल्छ । सासको दुर्गन्ध बढ्नुको मुख्य कारण यी दुई हुन् । जिब्रोको सतहमा हुने कीटाणुहरूको कारणले गर्दा सास गन्हाउने समस्या उत्पन्न हुन सक्छ । दाँत माझ्दा जिब्रो पनि सफा गर्नुस् । यसो गर्दा सास गन्हाउने वा मुखबाट दुर्गन्ध आउने समस्या कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया