कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  क"/>

2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुदा सेवाग्राही मर्कामा

कमल सुबेदी | कात्तिक ३, पोखरा |  

कास्कीको लेखनाथ नगरपालीकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन  । लेखनाथ नगरपालीकाका  कार्यकारी  अधिकृत लोक बहादुर भन्डारीको  गत असोजको पहिलो हप्तानै सरुवा भएपनि नयाँ कार्यकारी अधिकृत नआउँदा दिनहँु सयौ सेवाग्राही मर्कामा पर्ने गरेका  छन् ।लेखनाथ नगरपालीकाको कार्यकारी प्रमुखका रुपमा नवलपरासीका स्थानिय विकास अधिकारी लाल कृष्ण शर्माको सरुवा भएनि उनि हाजिर नहुँदा नगरपालीको प्रशासनिक काम बाहेक अन्य सम्पुर्ण काम ठप्प भएका छन् ।

सरुवा भएको महिनौ बित्दा पनि  कार्यलय प्रमुख कार्यालयमा उपस्थिति नभएपछि  कामकारबाही प्रभावित भएको छ । यता भने लेखनाथ नगर पालीकाका कानुनी अधिकृत राममणि अधिकारीले कार्यालय प्रमुख नहुदा काममा असर परेको स्विाकार गरे । आर्थिक काम, सामाजिक सुरक्षा भत्ता र नक्सा पासको काम रोकिएको उनले  जानाकारी दिए । प्रशाशनिक काम भने नरोकिएको अधिकारीको भनाई छ  । यता बृद्धबृद्धाहरुले चाडवाडको समयमा पनि  सामाजिक सुरक्षा भत्ता लिन नपाएकोमा  दुखेसो ब्यक्त गरेका छन् ।

नगरपालीका स्रोतले दिएको जानाकारी अनुसार राज्यको पुर्नसंरचना समितिको संयोजकमा जिल्लाका स्थानिय विकाश अधिकारी संयोजक रहने र लेखनाथ नगरपालीकामा सरुवा भएर आउने कार्यकारी अधिकृतले नवलपरासीको संयोजकको रुपमा काम गरिरहेकोले हाजिर हुन मन्त्रालयले नै रोकेको हो । सिमांकन सम्बन्धी काम देशैभरी  नसकिएकोले  मन्त्रालयले केहि महिना  रोकेका कारण  लेखनाथ नगरपालीका कार्यलय प्रमुख विहिन भएको छ  । 

कार्यलय प्रमुख नहुदा कार्यालयले बर्षेनि दशै र तिहार भन्दा अगाडी नै बर्खाको समयमा बिग्रिएका सडकहरु मर्मत गर्ने गरेको भएपनि यो वर्ष लेखनाथका अधिकांश ग्रामिण सडकहरु मर्मत हुन सकेनन् । नगरपालीकामा सडक मर्मतका दर्जनौ निवेदन परेपनि कार्यालय प्रमुखको अभावमा  रकम निकासा हुन नसक्दा चाडपर्वका बेला पनि  ग्रामिण क्षेत्रका जनताले जोखिमपुर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई