२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सर्लाहीकाे शैक्षिक महोत्सवकाे उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

१२ फाल्गुन २०८०, शनिबार ०८:०१

फागुन १२, सर्लाही | सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन ।

देशकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन दिउँसो १ बजे हूने बागमती नगरपालिकाले जनाएको हाे । 

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेकोले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ ।  “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिए ।

शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका  समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास  स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ–आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए  । 

उपाध्यायका अनूसार नेपालमै पहिलोपटक सामुदायिक विद्यालयका तीन हजार छात्रछात्राले एकै साथ नृत्य प्रस्तुत गर्ने र छात्रछात्राले मानव चित्र, नेपालको नक्सा, झन्डा लगायतको बिभिन कला प्रदर्शन गर्ने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली