२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत भेटिइन्, सँगै गएका अमेरिकन युवक पक्राउ

२०८०, १३ फाल्गुन आईतवार ०६:१८

फागुन १३, काठमाडौँ | कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया प्ला जोस् छिन्।

शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो। उनको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले भिरबाट निकालेको हो ।

उनी अमेरिकन केटा साथीसँग घुम्न गएको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका- १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर बेपत्ता भएकी थिइन्।


माछापुच्छ्रे घुमेर पोखरा फर्कने क्रममा उनी भीरबाट खसेको बयान उनका अमेरिकन केटा साथीले दिएका छन्। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन।

शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए । जानकारीपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो। 

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्ब २४ कालीका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको विशेष  खोज तथा उद्दार टिम खटिएको थियो। 

आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । 

उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् । अमेरिकन नागरिकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति