१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माओवादीका माधव सापकोटालाई बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

१३ फाल्गुन २०८०, आईतवार ०८:५९

फागुन १३, काठमाडौँ | राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद सापकोटाले  संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रवक्ता श्रेष्ठले बोलीमा लगाम लगाउन सुझाव दिएका हुन् । 

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भनेका थिए, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाको सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले राप्रपाले संविधानका आधारभूत विषयमाथि विमती राखेको जानकारी गराउँदै शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्ने अधिकार संविधानले सबैलाई प्रदान गरेको बताए । 

‘हेलो माननीय माधव सापकोटाजी, बोलीमा लगाम लगाउनुपरÞ्यो । दुनियालाई थाहा भएको तर तपाईलाइ थाहा छैन कि क्या हो ! राप्रपा वर्तमान संविधानका प्रति आलोचनात्मक दृष्टिकोण राख्छ, संविधानका आधारभूत विषयमाथि हाम्रो बिमती छ। जनसमर्थनका आधारमा शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्न सकिन्छ भनेर घोषित रुपमै प्रयासरत पनि छौं। जुन अधिकार संविधानले हामीलाई मात्र होइन सबैलाई प्रदान गरेको पनि छ। आवश्यकता अनुसार कुन रणनीति प्रयोग गर्ने हाम्रो आन्तरिक मामिला हो । सडक, संसद र सरकार हामी हाम्रो आवश्यकता अनुसार उपयोग गर्छौं। बोल्दा मर्यादा राख्नोस्,’ प्रवक्ता श्रेष्ठले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ