२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेन्चुरी बैंक घोटाला प्रकरण : यी हुन् पक्राउ परेका सीईओसहितका कर्मचारीहरु

२०८०, १५ फाल्गुन मंगलवार १२:०४

फागुन १५, काठमाडौँ | तत्कालीन सेन्चुरी कमर्शियल बैंकमा गलत धितो मूल्यांकन गरी ऋण प्रवाह गरेको अभियोगमा दुई बैकरहरु मंगलबार पक्राउ परे। सेन्चुरी बैंकका पूर्व सीईओ रहेका उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमशल धितोको आधारमा ऋण प्रवाह गरी सर्वसाधरणको रकम हिनामिना गरेको अभियोगमा बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तुलसी गौतम रहेका रहेका छन्। उनीहरुलाई पक्राउ गर्नुको पछाडी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परेका देउराली सहकारीका रविन्द्र चौलागाईको बयान हो। 

उनले धितोले नखाम्ने जग्गा राखेर सेन्चुरी कमर्शियल बैंकबाट ऋण लिएको बयान दिएपछि तत्कालीन समयमा सीईओको रुपमा रहेका उनीहरुलाई मंगलबार थप अनुसन्धानका लागि पक्राउ गरेको हो।

उनीहरुसँगै तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधान पक्राउ परेका छन्।

यीमध्ये ५ जना प्रभु बैंकका बालवाला कर्मचारी हुन्। ८० करोडको धितोमा २ अर्ब ऋण प्रवाह भएको देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

बैंकिङ ठगीमा यसअघि पनि विभिन्न बैंकको नेतृत्व तानिएका थिए। गोर्खा बैंक, किष्ट बैंक घोटला प्रकरणमा पनि उच्च अदालतमा बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो।   सेन्चुरी बैंक प्रभु बैंकमा मर्ज भएको छ। प्रभु बैंकले उक्त बैंकबाट दिइएको ऋण असुलीका लागि लिलामी पनि निकालेको छ।

तत्कालीन सीईओहरु 

तुलसी गौतम

मनोज न्यौपाने 

कर्मचारीहरू

सविन घिमिरे

सुवास श्रेष्ठ

अनुपमा श्रेष्ठ

सुनिल बस्नेत

दिलिप बराल

दिपेश प्रधान

राजेश भण्डारी

रमन श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति