२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देव नियुक्त, यस्ता छन् मन्त्री परिषद्का निर्णय

२०८०, १५ फाल्गुन मंगलवार १२:१९

फागुन १५, काठमाडौँ | सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।

डा. देव करिव एक वर्षअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष नियुक्त भएका थिए। उनको नियुक्ति बदरको माग गर्दै राष्ट्रिय युवा संघका उपाध्यक्ष अनिल काफ्लेले  उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका थिए।


त्यसपछि देवले नैतिकताका आधारमा राजीनामा दिएका थिए। चिकित्सा अध्ययन संस्थानको सह-प्राध्यापक हुँदा गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दासमेत दायर गरेको थियो।

उनी यसअघि २०७२ सालमा देवदह मेडिकल कलेज सम्बन्धन दिने क्रममा भ्रष्टाचारको आरोपमा मुछिएका थिए। विशेष अदालतमा परेको मुद्दामा उनीसहित १७ जनाले सफाइ पाएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति