२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उधारो नदिएको भन्दै पसल सञ्चालकलाई कुटपिट

२०८०, १६ फाल्गुन बुधबार ०८:४२

फागुन १६, धादिङ | सामान उधारो नदिएको भन्दै युवाहरूले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ पानीट्यांकीस्थित एक पसल सञ्चालकलाई कुटपिट गरेका छन्। 

किराना पसल सञ्चालक स्थानीय ५९ वर्षीय जिबबहादुर पाण्डे र उनका ३२ वर्षीय छोरा सन्तोष पाण्डेलाई युवाहरूले कुटपिट गरेर मंगलबार घाइते बनाएका हुन्। 

उनीहरूमाथि स्थानीय २१ वर्षीय प्रकाश कुमाल, ३२ वर्षीय सुवास कुमाल र २४ वर्षीय गोरे कुमालले कुटपिट गरेर घाइते बनाएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।

कुटपिटबाट घाइते भएका बाबुछोरालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार पठाइएको छ। टाउकोमा चोट लागेका दुवैजनाको उपचारपछि घर फर्किएका छन्। 

यस घटनाबारेमा इलाका प्रहरी कार्यालय सल्यानटारले अनुसन्धान गरिरहेको छ। कुटपिटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति