१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रहस्यमयी बन्दै चितवनकी १३ वर्षीया बालिकाको मृत्यु प्रकरण

१८ फाल्गुन २०८०, शुक्रबार ११:०१

फागुन १८, काठमाडौँ  | चितवनमा १३ वर्षीया बालिकाको मृत्यु प्रकरण रहस्यमयी बनेको छ ।

यही फागुन १२ गते शनिवार पूर्वी चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालीन पोखरेल झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीका अनुसार बालिकाको शव विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको थियो । 

‘शनिवार बिहान १० बजे उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो, तर प्रहरीले भने बिहान १०ः२० बजे खबर आएको थियो,’ प्रवक्ता भण्डारीले भने ।

उनका अनुसार बालिकाका आफन्तले विद्यालयका प्रिन्सिपल, भ्वाइस प्रिन्सिपल र वार्डेनविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरूलाई पक्राउ गरेर ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बालिकाको शव पोस्टमार्टमका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले बताए । ‘शव पोस्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको छ,’ डीएसपी भण्डारीले भने । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय प्रस्ट हुने उनको भनाइ छ ।


बालिकाका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । त्यही आरोपसहित किटानी जाहेरी समेत दिएको भण्डारीले बताए ।

‘बलात्कार भएको भन्दै आफन्तले जाहेरी दिनुभएको छ,’ उनले भने, ‘त्यस विषयमा सत्य तथ्य पोस्टमार्टमपछि मात्रै आउला, हामीले सबै विषयमा अनुसन्धान गरिरहेका छौं ।’

घटनास्थलमा एउटा सुसाइड नोट फेला परेको उनले बताए ।

‘सुसाइड नोट पनि फेला परेको छ । त्यसमा आईएम सरी लेखेको देखिएको छ,’ भण्डारीले भने ।

नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले शुक्रवार संसदमा चितवनको केस निर्मला पन्तको जस्तो नहोस् भनेर घटना सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइएकी थिइन् ।

‘कतै शालीनको पनि केस निर्मलाको जस्तै गुमनाम हुने स्थिति नबनोस् । तुरुन्त छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइयोस् । स्कूल होस्टेलमा निगरानी र अनुगमन गर्ने कुरालाई व्यवस्थित गरियोस्,’ सांसद शर्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ