१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

२० फाल्गुन २०८०, आईतवार ११:५६

फागुन २०, काठमाडौं | आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए । झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो ।

पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

यही फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलभित्र झुन्डिएको अवस्थामा बालिका पोखरेलको शव फेला परेको थियो । बलात्कारपछि उनको हत्या गरिएको परिवारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ