कमल खत्री/कात्तिक ४, म्याग्दी । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र मुस्ताङ जाने बेनी–जोमसोम सडक स्तरोन्नतिको पर्खाइमा रहेको छ । 

दसै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल खत्री/कात्तिक ४, म्याग्दी । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र मुस्ताङ जाने बेनी–जोमसोम सडक स्तरोन्नतिको पर्खाइमा रहेको छ । 

दसै"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम सडक स्तरोन्नतिको पर्खाइमा

२०७३, ४ कार्तिक बिहीबार ११:५६


कमल खत्री/कात्तिक ४, म्याग्दी । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र मुस्ताङ जाने बेनी–जोमसोम सडक स्तरोन्नतिको पर्खाइमा रहेको छ । 

दसैँ र तिहारका अवसरमा मुस्ताङको भ्रमणमा जानेको सङ्ख्या बढेसँगै यस सडकखण्डमा सवारीसाधनको चाप बढिरहेको छ । प्राकृतिक सौन्दयले भरिपूर्ण मुस्ताङको भ्रमणमा जानेको सङ्ख्या बढे पनि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको स्तरोन्नति नहुँदा यात्रु जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य छन् । 

मुक्तिनाथ दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाउँदा खुसी र रमाइलो अनुभूति गर्ने यात्रुले यात्राका क्रममा पाउने सास्तीबाट भने खिन्न भएर फर्कने गरेका छन् । विशेष गरी वर्षायाममा ठाउँ ठाउँमा खस्ने पहिरो र हिउँद याममा धुलो र खाल्टाखुल्टीले हैरानी बनाउने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो । उहाँका अनुसार, ठाउँ ठाउँमा खस्ने पहिरो र नदी कटानले सडकमा पु¥याउने क्षतिले बेनी–जोमसोम सडकको अवस्था जीर्ण बनाएको छ । यस सडकमा बस, जिप, ट्याक्सी तथा मालबाहक ट्रकसमेत सञ्चालन हुँदै आएका छन् । 

जीर्ण सडकका कारण सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुलाई गन्तव्यमा पु¥याउन नसक्दा कहिलेकाहीँ यात्रु बीचैमा अलपत्र पर्ने गरेको यातायात व्यवसायी बताउँछन् । सिधा सवारी सञ्चालन नहुँदा सामान ढुवानी गर्न समेत अप्ठ्यारो भएको छ । सडकखण्डअन्तर्गत बेनीदेखि मुस्ताङको घाँसासम्मको सडक सबैभन्दा जोखिमयुक्त मानिन्छ । वर्षायाममा खहरे खोलामा आउने भेलबाढीले गर्दा कतिपय ठाउँमा सवारीसाधन वारपार गर्न समेत सक्दैनन् । अहिले बैँसरी नजिकैको खहरेखोला, बेगखोला र दानाको घट्टेखोलामा सवारीसाधन वारपार हुने पुलको अभाव छ । जीर्ण सडकका कारण यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पु¥याउन कठिनाइ हुने र सवारीसाधन सहजरुपमा आवतजावत गराउन समस्या हुने गरेको सवारी चालक नरेश लामाले बताउनुभयो । 

सडक डिभिजन कार्यालयले खाल्डाखुल्टी र सडक भत्किएका ठाउँमा समेत मर्मत कार्य सुरु गर्ने तयारी गरेको कार्यालयका इन्जिनियर नारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार यस सडकखण्डलाई कालोपत्रेसँगै नाली, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, कल्भर्ट बनाउने र एकतर्फी मात्रै गाडी चल्न सक्ने बेलीब्रिजलाई विस्थापित गरेर पक्की पुल बनाउन सर्वेक्षण भइसकेको छ र त्यसका लागि मन्त्रालयमा बजेटको माग गरिएको छ । नेपाली सेनाले विसं २०५६ देखि सुरु गरी २०६४ मा ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक जीर्ण बन्दा पटकपटक सवारी आवागमन अवरुद्ध हुनुका साथै ठाउँ ठाउँमा सवारी परिवर्तन गर्नुपर्ने झन्झट हटेको छैन । पहिरो खस्ने, नदीमा पानीको सतह बढ्ने एवम् बाढी आउँदा हुने साँघुरा सडकमा सवारी व्यवस्थापन र सडक मर्मतमा ध्यान नपुग्दा यात्रा जोखिमपूर्ण बन्दै आएको छ । 

रु ६० करोड लगानीमा निर्माण भएको सडक सेनाले २०६७ फागुन २३ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडक हस्तान्तरण पछि सडकको मर्मत सम्भारमा विभागले गर्दै आएको लगानीको सही उपयोग हुन सकिरहेको छैन । ठेक्का प्रक्रिया लामो हुनु र विनियोजित बजेटबाट गुणस्तरीय काम नहुनु प्रमुख चुनौतीको रुपमा देखिएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको स्तरवृद्धि गर्ने तयारी गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकिरहेको छैन । सरकारले मुस्ताङको छोसेरस्थित तिब्बती सिमानामा पर्ने कोरला नाका सञ्चालनको तयारी गरेसँगै बेनी–जोमसोम–लोमान्थाङ सडक सरकारको प्राथमिकतामा भने परेको छ । 

बेनी–जोमसोम खण्डअन्तर्गत बेनी–गलेश्वरमा सडक कालोपत्र गर्ने योजनाअन्तर्गत अहिले सडक स्तरोन्नतिको काम भइरहेको छ । गलेश्वरदेखि जोमसोमसम्म खण्डमा सर्भेक्षणको काम सकेर ठेक्का प्रक्रिया सुरु हुन लागेको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर पौडेलले बताउनुभयो । “बेनी–जोमसोम कालोपत्रेका लागि अर्थमन्त्रालयमा साढे तीन अर्ब बजेट माग गरिएको छ, अर्थले स्वीकृत दिनासाथ ठेक्का प्रक्रिया सुरु हुन्छ,” इन्जिनियर पौडेलले भन्नुभयो । पौडेलका अनुसार, जोमसोम–कोरला सडकमा भने साढे तीन अर्ब बजेटमा ठेक्का लगाउने काम सम्पन्न भएको छ । 

बेनी–जोमसोम सडकलाई कालोपत्र र जोमसोम–कोरलासम्मको सडकलाई ग्राभेल गर्ने तयारीअन्तर्गत काम अगाडि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । नवलपरासीको गैँडाकोटदेखि मुस्ताङको कोरला नाकासँग जोडिने निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडकमा नियमित र सहजरुपमा सवारी सञ्चालन गर्न सरकारले स्तरवृद्धि योजनालाई तत्काल प्रभावकारी कार्यान्वयन गराउनेतर्फ विशेष ध्यान दिन जरुरी छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ