बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।<"/>
बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।<"/>
बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।
बिहीवार सम्पन्न लिग चरणको खेलमा निङ्गलाशैनी क्रिकेट क्लबलाई ५ विकेटलाई पाखा लगाउदै योङ्ग स्टार मेलौली सेमिफाईनल प्रवेश गरेको हो भने केदार नागार्जुनलाई ७ विकेटले स्तब्ध पार्दै पञ्चकोटी क्रिकेट क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको निङ्गलाशैनी क्रिकेट क्लबले निर्धारित २० ओभरमा गणेश बोहराको ४०, खडक बोहराको २७ र दिपेन्द्र बोहराको २४ रनको मद्दतले ७ विकेटको क्षतीमा १ सय ६५ रन बनाएको थियो । योङ्ग स्टारका मंगेश दयालले ३ र सरोज नायकले २ विकेट हात पारेका थिए ।
१६६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको योङ्ग स्टारले मुकुन्द क्षेत्रीको अर्धसतकिय पारीसंगै १५ बल बाकी छदै ५ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो । पहिलो ओभरमै दुई बिकेट गुमाउदै धर्मराएको योङ्ग स्टारको पारीलाई सम्हालेर उत्कृष्ठ ब्याटिङ गर्दै सर्वाधिक ५६ रन जोड्दै मुकुन्दले आफ्नो टिमलाई खेलमा फर्काएका थिए । यस्तै थानेश्वर बिष्टले ३१ रन जोडेका थिए ।
निङ्गलाशैनीका ऋषिकेश बोहराले ३ विकेट हात पारेपनि अन्य बलर चल्न नसक्दा निङ्गलाशैनी लिग चरणवाटै घर फर्किएको स्कोरर द्रोपती कुवँरले जानकारी दिनुभयो ।
यस्तै बुढाबाजे खेलमैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको केदार नागार्जुनले पञ्चकोटी क्रिकेट क्लब सामु १८ दशमलव १ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाउदै ७३ रनको झिनो लक्ष्य पस्तुत गरेको थियो ।
केदार नागार्जुनलाई सस्तैमा समेट्न पञ्चकोटीका प्रकाश बुढालले ३ विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको पञ्चकोटीले ८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको हो । केदार नागार्जुनका भुपाल जोशीले २ विकेट हात पारेका थिए । फितलो प्रदर्शन गरेको केदार नागार्जुन यो हारसंगै प्रतियोगिताबाटै बाहिरिएको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।
यस्तै लिग चरणका अन्तिम खेलमा महारुद्र क्रिकेट क्लवले १७ दशमलव ४ ओभरमा अलआउट हुदै दिएको २०९ रनको लक्ष्य पन्छाएको बाशुलिङ्ग क्रिकेट क्लव निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २०४ रन मात्र जोड्न सक्दा महारुद्र ४ रनले विजयी भएको छ ।
यस्तै दशरथचन्द एकेडेमीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै दिएको १०१ रनको लक्ष्य त्रिपुरा क्रिकेट क्लबले १३ दशमलव २ ओभरमा ५ गुमाउदै पुरा गरेर ५ विकेटले जित हासिल गरेको छ । प्रतियोगिताबाट यि चार वटै टोली यसअघिनै बाहिरीसकेका छन ।
यसैबिच प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि समुह बी का लिग चरणका खेलहरु सुरु हुने भएका छन ।
निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा एनआरवाईसि बठ्ठा र पाटन भ्याली भिड्दा दोस्रो खेलमा महामाया क्रिकेट क्लब दुर्गाभवानी र खोडपे क्रिकेट क्लबबिच प्रतिस्प्रर्धा हुने भएको छ ।
उता बुढाबाजे खेलमैदानमा हुने पहिलो खेलमा त्रिलोचन क्रिकेट क्लब गोठलापानी र कालाशैनी क्रिकेट क्लब बुड्डा आमने सामने हुदा दोस्रो खेलमा पाटन स्टार र जगन्नाथ भिड्ने भएका छन ।
मंगलवारदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगिताको १६ औ संस्करण कात्तिक ९ गतेसम्म सञ्चालन हुने बताईएको छ ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।