२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्रका डीएसपीको सुसाइड नोट फेला

२०८०, २२ फाल्गुन मंगलवार ११:५६

फागुन २२, मोरङ | मोरङमा झुण्डिएको अवस्थामा फेला परेका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइने भएको छ ।

पाल्पाबाट परिवारका सदस्य आइपुगेपछि प्रहरीले बस्यालको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।


घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । इलाका प्रहरी कार्यालय स्रोतका अनुसार बस्यालले सुसाइड नोटमा राजीखुसीले निर्णय लिएको र कसैलाई दोष नलगाउन भनेका छन् ।

पाल्पा स्थायी घर भएका ३८ वर्षीय बस्याल क्वार्टरको भान्सामा दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी धनपालथान गाउँपालिका- ३ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभाग मोरङको गुल्मपति थिए ।

मृतक बस्यालका श्रीमती र एक सन्तान छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति