२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङ किशोरी हत्या,भारत छिराउने प्रयासमा पहिला नै पक्राउ परेका थिए चौधरी

२०८०, २२ फाल्गुन मंगलवार १२:२१

फागुन २२, मोरङ | मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोलीमा सोमबार राति १५ बर्षिय बालिका हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

राति करिव १० बजे सन्जना भन्ने १५ बर्षिया ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए ।

खुकुरी प्रहारबाट किशोरीको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिने, देव्रे पाता र अनुहार गरी चार वटा ठूलाठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरु र कपाल छिनेर भुँईमा खसेको अवस्थामा भेटिएको थियो ।

ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ । जेठि पटीको दाजु सोमकुमार राई भने हिजै आएका छन् । 


प्रहरीले मोरङ ग्रामथान—४ का ३८ बर्षिय धिरेन्द्र चौधरीलाई पक्राउ गरेको छ । किशोरीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी नवीन कार्कीको टोली राति नै घट्ना स्थल पुगेर विहान ३ बजेसम्म अनुसन्धानमा खटिएका थिए । 

ज्ञानमति राई खोटाङ ऐसेलुखर्क—६ सल्लेकी हुन् । बाबुको मृत्युपछि मामाको छोरी र पछि छोराको घरमा बसेर कक्षा ७ मा पढ्दै थिइन । मामाको छोरा बिनोद राईको घर, दोकानमा सघाउँदै पथरीको पञ्चायत माविमा अध्ययन गर्दै आएकी थिइन् । 

प्रहरी नियन्त्रणमा रहेका धिरेन्द्र चौधरी भूपू प्रहरी समेत रहेको बुझिएको छ ।

चौधरीले गत असारमा ज्ञानमति राईलाई बिहे गरेको भन्दै भारत छिराउने क्रममा जोगवनीबाट माइति नेपालले पक्रेको थियो । 

गत असार १३ गते चौधरी र राईलाई नाकामा पक्रेर आफन्तलाई जिम्मा लगाएका थिए ।

ज्ञानमतिसँग मोबाइल फोन नभएपनि आफन्तहरुको नम्बर पत्ता लगाएर फोन गर्दै कुरा गर्न खोज्ने, बोलाइ माग्ने गर्दै आएका थिए । ज्ञानमतिको फोटोहरु राखेर फेसबुक आइडी पनि चौधरीले खोलेर चलाउने गरेको पीडित परिवारले जनाएको छ । 

ज्ञानमति जोगवनीबाट फर्काएपछि धिरेन्द्र चौधरीले आफूलाई मगर र विवाह नभएको भनेर ढाँटेको बताएका थिए । यद्यपि चौधरी श्रीमती छाोराछोरीको बाउ हुन् । 

घट्ना क्रमसँगै ज्ञानमतिको हत्यापछि प्रहरीको अनुसन्धान चौधरीतिर केन्द्रीत भएको थियो । घट्ना नजिकै खुकुरीको दाप फेला पर्नुको साथै संकास्पद व्यक्तिको खुट्टाको पाइलाहरु सुरक्षित गरेर अनुसन्धान गरेका थिए । 

घट्ना भएको केही बेरमै इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर शुसिल पाण्डे, शसस्त्र लगायत प्रहरी टोली घट्ना स्थल पुगेर कुकुरसमेत लगाएर अनुसन्धान सुरु गरेका थिए । पक्राउ परेको चौधरीले घट्ना स्वीकार गरेको समेत प्रहरीले श्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति