१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त

२३ फाल्गुन २०८०, बुधबार १४:१३

फागुन २३, साउदी अरव | नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सदभावना दूत नियुक्त गरेको हो । उनलाई सदभावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवनियुक्त पर्यटन दूत अर्याल एनआरएनए मध्यपूर्वका संयोजकसमेत हुन । नियुक्तिपछि अर्यालले साउदी अरेबियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा जती सक्दो धेरै योगदान गर्ने बताए ।
नेपालमा पाल्पा जिल्ला स्थायी घर भएका अर्याल लामो समय देखि साउदी अरबमा ब्यावसायसँगै सामाजिक क्षेत्रमा सक्रिय छन । साउदी अरबका नेपालीहरुलाई सामाजिक, आर्थिक, नैतिक सबै प्रकारका सहयोग गर्दै आएका अर्याल साउदीका एक सफल व्यवसायी पनि हुन ।
एनआरएनए मध्यपुर्व संयोजक अर्यालले आफु पहिलेदेखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहदैं आएको र नेपाल सरकारले अझै थप जिम्मेवारी दिएकोमा सरकारलाई धन्यबाद दिदैं आफ्नो तर्फबाट पर्यटन परवर्दंनका लागी जतिसक्दो धेरै काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ