२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त

२०८०, २३ फाल्गुन बुधबार १४:१३

फागुन २३, साउदी अरव | नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सदभावना दूत नियुक्त गरेको हो । उनलाई सदभावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवनियुक्त पर्यटन दूत अर्याल एनआरएनए मध्यपूर्वका संयोजकसमेत हुन । नियुक्तिपछि अर्यालले साउदी अरेबियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा जती सक्दो धेरै योगदान गर्ने बताए ।
नेपालमा पाल्पा जिल्ला स्थायी घर भएका अर्याल लामो समय देखि साउदी अरबमा ब्यावसायसँगै सामाजिक क्षेत्रमा सक्रिय छन । साउदी अरबका नेपालीहरुलाई सामाजिक, आर्थिक, नैतिक सबै प्रकारका सहयोग गर्दै आएका अर्याल साउदीका एक सफल व्यवसायी पनि हुन ।
एनआरएनए मध्यपुर्व संयोजक अर्यालले आफु पहिलेदेखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहदैं आएको र नेपाल सरकारले अझै थप जिम्मेवारी दिएकोमा सरकारलाई धन्यबाद दिदैं आफ्नो तर्फबाट पर्यटन परवर्दंनका लागी जतिसक्दो धेरै काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति