२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली दूतावासले वास्ता नगरेको भन्दै रुसी फौजका नेपालीले भारतसँग गरे उद्धारको याचना

२०८०, २८ फाल्गुन सोमबार ११:३८

फागुन २८, काठमाडौँ | रुसी फौजमा भएका नेपालीहरुले भारतसँग सहयोगको याचना गरेका छन् । उनीहरुले सहयोगको याचना गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रुसी फौजमा भएका नेपालीहरुको समूहमा पहिले २५ जना भए पनि अहिले पाँचमात्रै भएको, अरुको अत्तोपत्तो नभएको भिडियोमा एक युवाले बताएका छन् । दुई आफ्ना साथीलाई दायाँबायाँ राखेर उनले दलालले रुसी सेनाको सहयोगी भनेर ल्याएको तर अहिले युद्धमा जानुपरेको गुनासो गरेका छन् ।


आफूसँगै भएका तीन भारतीयको मोदी सरकारले उद्धार गरेको तर आफूहरुलाई कसैले उद्धार नगरेको भन्दै उनले सहयोगको याचना गरेका छन् । नेपालको रुसस्थित दूतावासले कुनै सहयोग नगरेको तर भारतले भने आफ्ना नागरिकलाई सहयोग गरेको भन्दै भिडियोमा देखिएका युवाले भारतको दूतावास र देश दुवै शक्तिशाली भएकोले आफूहरुको पनि उद्धार गर्न याचना गरेका छन् ।

भिडियोमा उनीहरुको परिचय खुलेको छैन । भिडियो सामाजिक सञ्जालमा भाइरल भएर नेपाल तथा भारतमा चर्चामा छ । सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेन हमला गरेपछि विदेशीहरुलाई आफ्नो फौजमा भर्ना सुरु गरेको थियो ।

हालसम्म दर्जन बढी नेपालीको मृत्यु भएको तथा सयौं हराएका खबर सार्वजनिक भएका छन् । आधा दर्जन युक्रेनी कब्जामा भएका खबर आएका छन् । नेपालीमात्रै होइन, भारतीयहरुको पनि रुसी फौजमा जोडिएका समाचार पछिल्ला समयमा सार्वजनिक भएका छन् ।

रुसी फौजमा लागेका दुई भारतीयको मृत्यु भएको खबर सार्वजनिक भएको छ । सबैभन्दा पहिले गत फेब्रुअरी २१ मा भारतीय युवा मेहिल अश्विनभाइको मृत्युको खबर भारतीय अखबार दी हिन्दूले फेब्रुअरी २४ मा प्रकाशन गरेको थियो ।

समाचारअनुसार कैयौं भारतीय बेपत्ता छन् । तर, भारत सरकारले रुसी नेतृत्वसँग संवाद गरेर कूटनीतिक रुपमा पहल गर्दै आफ्ना युवाहरुलाई फिर्ता ल्याएको बताएको थियो । भारत सरकारको त्यो दाबीलाई प्रमाणित गर्दै नेपाली युवाहरुले आफूसँग भएका तीन भारतीयको उद्धार भएको तर आफूहरु बिचल्लीमै भएको भन्दै हारगुहार गरेको भिडियो सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट